पशुपतिनाथको सुनको जलहरीको तौल १०७ किलो ४६८ ग्राम
काठमाडौं । पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा राखिएको सुनको जलहरीको तौल लिइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानको क्रममा सोमबार बिहान सुनको जलहरीको तौल लिइएको हो।
मूल शिवलिङ्गको जलहरीमा प्रयोग भएको सुनको तौल १०७ किलो ४६८ ग्राम मापन भएको पशुपति क्षेत्र विकास कोष स्रोतले जानकारी दिएको छ। अख्तियार स्रोतले जलहरीको तौल लिइएको बताए पनि यकिन तौलबारे भने उल्लेख गर्न चाहेन।
‘जलहरीको तौल १०७ किलोभन्दा अलिकति बढी छ। यकिन विवरण केही समयमा सार्वजनिक गरिन्छ होला,’ अख्तियार स्रोतले भन्यो।
पशुपतिनाथ मन्दिरको मूल शिवलिङ्गमा ११ फागुन २०७७ मा सुनको जलहरी राखिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपति मन्दिरमा संकल्प पूजा गरेर सुनको जलहरी राख्ने बताएका थिए।
ओलीको घोषणाअनुसार नै तत्कालीन अवस्थामा १०८ किलो सुन प्रयोग गरेर मूल शिवलिङ्गमा जलहरी राख्ने निर्णय भएको थियो। तर, ११ किलो सुन गायव पारिएको भन्दै २ वर्ष अगाडि नै अख्तियारमा उजुरी परेको थियो।
उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धानलाई गति दिएको थियो।
जलहरीको सुन जोख्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपति गएको थियो।
अख्तियारको टोलीका साथै पशुपति क्षेत्र विकास कोष, खानी तथा भूगर्भ विभाग, पूरातत्व विभाग, गुणस्तर तथा नापतौल विभाग, नेपाली सेना, नेपाल प्रहरी र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि समेतको उपस्थितिमा जलहरीको सुन जोखिएको हो।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












