ताजा समाचार

प्रतिनिधिसभा बैठक: बजेट पारितका लागि आज पेस गर्ने तयारी

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट पारितका लागि पेस गर्ने तयारी छ ।

विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नहरूको जवाफ दिइसकेपछि आजको बैठकमा बजेट पारितका लागि पेस गरिने छ । आजको बैठकमा बिनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उपराष्ट्रपतिको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयलगायत कार्यालयमा छुटाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । संवैधानिक व्यवस्थाअनुसार सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org