सरकार जनता जोगाउन होइन , सत्ता जोगाउन केन्द्रित छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका छन्।
आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताएका हुन्।
लामिछानेले भने, ‘अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेका छन्। जनता जोगाउने गठबन्धन होइन , सत्ता जोगाउने गठबन्धन हो त्यो। जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन ? अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’
सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताएका हुन्।
नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे। भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ।
लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताए। उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरे। लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न आग्रह गरे।
उनले नेपाली जनताले खोजेको र रोजेको पार्टी रास्वपा भएको दाबी गरे। लामिछानेले ठेक्का, राजदूत, विज्ञ, सल्लाहकार लगायतका पद पाइन्छ कि भन्ने सोचेर व्यक्तिगत स्वार्थका लागि रास्वपा प्रवेश नगर्न आग्रह गरे। उनले भ्रष्टाचारको विरुद्ध सबैजना लाग्नुपर्ने बताए। उनले भने,‘अधिकारको दूरुपयोग नगरौं। इमानसँग काम गरौं।’
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












