सरकार जनता जोगाउन होइन , सत्ता जोगाउन केन्द्रित छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गठबन्धन सत्ता जोगाउन बनाएको दाबी गरेका छन्।
आइतबार गोकर्णेश्वरको नगरभेलालाई सम्बोधन गर्दै उनले जनताका लागि नभई सत्ता जोगाउनका लागि गठबन्धन बनिरहेको बताएका हुन्।
लामिछानेले भने, ‘अहिले ठूला दलहरुले सत्ता जोगाउनका लागि गठबन्धन बनाइरहेका छन्। जनता जोगाउने गठबन्धन होइन , सत्ता जोगाउने गठबन्धन हो त्यो। जनता आजपनि अस्पतालमा डाक्टरको पालो नपाएर, महिनौं अपोइन्टमेन्ट नपाएर बसेका छन्, विदेशमा अलपत्र परेर बसिरहेका छन्, उनीहरुका लागि गठबन्धन गर्नुपर्दैन ? अहिले त गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ। त्यो पनि सत्ता जोगाउन।’
सत्ता गठबन्धनमा आबद्ध संसदभित्रका माओवादी केन्द्र, जसपा र नेकपा एसले विप्लव नेतृत्वको नेकपालाई समेटेर समाजवादी मोर्चा नेपाल बनाएको छ। लामिछानेले यहि समाजवादी मोर्चालाई लक्षित गर्दै यस्तो बताएका हुन्।
नेपाली जनताले गठबन्धनबाट वाक्क भएर नेपाली जनताले घण्टी बजाएको स्मरण गराए। उनले छोटो समयमा नै रास्वपाले २१ सिट जितेको उल्लेख गरे। उनले पार्टीले भातृ संगठन नबनाउने उद्घोष गरे। भातृ संगठन भनेको पार्टीलाई मात्र नभई देशलाई नै भार हुने उनको भनाई छ।
लामिछानेले आफूले पार्टीलाई योगदान दिने नभई देशलाई योगदान दिनसक्ने मानिस रास्वपामा खोजिरहेको बताए। उनले राजनीतिलाई सङ्ल्याएर सुशासन कायम गर्न रास्वपा उदय भएको दाबी गरे। लामिछानेले अरु दल छाडेर रास्वपामा आएका नेताहरुलाई दुष्मनको व्यवहार नगर्न आग्रह गरे।
उनले नेपाली जनताले खोजेको र रोजेको पार्टी रास्वपा भएको दाबी गरे। लामिछानेले ठेक्का, राजदूत, विज्ञ, सल्लाहकार लगायतका पद पाइन्छ कि भन्ने सोचेर व्यक्तिगत स्वार्थका लागि रास्वपा प्रवेश नगर्न आग्रह गरे। उनले भ्रष्टाचारको विरुद्ध सबैजना लाग्नुपर्ने बताए। उनले भने,‘अधिकारको दूरुपयोग नगरौं। इमानसँग काम गरौं।’
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












