ताजा समाचार

परराष्ट्रमन्त्री साउद आज अजरबैजान प्रस्थान गर्नुहुने

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अजरबैजानमा हुने असंलग्न आन्दोलनको समन्वय ब्युरोको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नु हुनेभएको छ ।

अजरबैजानको बाकुमा यही असार १८ देखि २१ गतेसम्म ‘असंलग्न आन्दोलन : उदीयमान चुनौतीहरूको सामना गर्न एकताबद्ध र अटल’ भन्ने नाराका साथ हुन गइरहेको बैठकलाई उहाँले असार २० गते सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अजरबैजान सरकारका उच्च पदस्थ अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँगसमेत भेटवार्ता गर्नुुहुने कार्यक्रम छ । उहाँ असार २३ गते स्वदेश फर्कनुहुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org