ताजा समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिका कारण हिजो स्थगित राष्ट्रियसभाको बैठक आज पुन: बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज पुनः बस्ने भएको छ । बैठक आज सम्मलाई हिजो स्थगित गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक-पटक दिल्ली गएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले हिजो सदन अवरुद्ध गरेको थियो ।

त्यसपछि स्थगित बैठक पौने ५ बजेलाई निर्धारण गरिएकोमा सो समयमा विशेष कारणवश बैठक बस्न नसक्ने भन्दै आज अपरान्ह १ बजेर १ मिनेटलाई समय परिवर्तन गरिएको संसद सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org