ताजा समाचार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमालेले विरोध जारी राख्ने

काठमाडौं । हिजो बुधवार स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्ने भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज दिउँसोसम्मका लागि स्थगित भएको हो ।

हिजो दिउँसो बैठक शुरु हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको थियो । तर फेरि बैठक सञ्चालन गर्ने विषयमा सहमति नजुटेपछि भोलिसम्मका लागि स्थगित भएको हो ।

बुधवारै राष्ट्रिय सभाको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद्का दुवै सदन चल्न नसक्दा मिटरब्याजीहरूलाई कारबाही गर्न सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक संसद्का दुवै सदनबाट पारित भइसक्नुपर्ने कानुनमा व्यवस्था छ । तर संसद्का दुवै सदन चल्न नसक्दा अध्यादेश स्वतः निष्क्रिय भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org