एमालेले आज पनि चल्न दिएन राष्ट्रियसभा बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चौथो पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार बिहान साढे ११ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू केही दिन अघि प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिको विरोधमा उभिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद भगवती न्यौपानेलाई बोल्न समय दिए ।
न्यौपानेले प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेला भारतलाई पत्र लेखेको र त्यो पछि सार्वजनिक भएको बताइन् । यस्तै एमसीसी परियोजना सम्झौतामा कार्यकर्तालाई सडकमा उतारेर सदनबाट पास गरेको बताउँदै प्रधानमन्त्री प्रचण्ड नाटक गर्न धेरै सिपालु रहेको आरोप लगाइन ।
उनले भनिन्–‘उहाँले राष्ट्रिय स्वाधीनताका विरुद्धमा पटक पटक धावा बोल्ने काम गर्नुभएको छ । भारतलाई नेपालको सरकार बनाउन खुला रूपमा आमन्त्रण गर्नुभएको छ ।
यो भन्दा अगाडि पनि उहाँले भारतका निम्ति कन्र्फटेवल सरकार बनाउनका निम्ति भारतलाई खुला रूपमा आमन्त्रण गर्नुभयो । उहाँले त्यता गल्तीहरू धेरै गर्नुभयो ।’
उनले भारत भ्रमणमा जाँदा प्रधानमन्त्रीले धेरै राष्ट्रघाती सम्झौता गरेको आरोप लगाइन् । भारत भ्रमणमा गएको बेला इपिजीको प्रतिवेदनको बारेमा कुरा नगरेको, भारतले नेपालको भूमि समेटेर बनाएको नक्सा हेरेर आउँदा अलिकति पनि नछोएको दाबी गर्दै प्रधानमन्त्रीले अब संसद्मा आएर जवाफ दिन आवश्यक नरहेको भन्दै राजीनामा मागेकी छिन् । उनले बोलेपछि एमालेका सांसदहरू आफ्नो आसनबाट उभिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका छन् ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












