योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता
काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिर्फम कमिसन -एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीबीच सन् २०१८ र २०१९ मा भएका सम्झौताहरू अनुसारका कार्यक्रममध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रूतगतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फबाट गर्नुपर्ने कामबारे विस्तृत रूपमा छलफल भएको थियो ।
नेपाल आगामी १६औं योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडीआरसीको अनुभव शेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । उपाध्यक्ष डा. श्रेष्ठले उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।
पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रूपमा रहेको चिनिया संस्था हाल एनडीआरसीको रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।
त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए) का उपमन्त्री डेङ बोगिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ ।
चीनको राजधानी बेइजिङमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रूपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरू हेर्ने निकाय हो ।
भेटवार्ताका क्रममा २ पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो । पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्बन्धित आयोजनालाई छिटो अघि बढाउनका लागि दुवै तर्फबाट गर्नुपर्ने पूर्व तयारीका कार्यहरू बेलैमा सम्पन्न गर्नेबारे छलफल भएको थियो ।
यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षबाट राजदूत विष्णुपुकार श्रेष्ठ लगायत दूतावासका उच्च अधिकारी र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चीन सरकारका उच्च अधिकारीहरू सहभागी थिए ।
मंगलवार आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग भेटघाट गरी राति स्वदेश फर्कने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












