नेपालमा उत्पादित घाँस चीन निर्यात
चितवन । नेपालमा उत्पादित घाँस चीन निर्यात गर्न थालिएको छ।
होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशु आहार (हाइलेज) चीन निर्यातको सुरुवात गरिएको हो। नेपालबाट पशुआहार (हाइलेज) चीन निर्यात भएको यो पहिलोपटक हो। उक्त घाँस चीनको सिगात्से सहरमा पठाइएको हो। चिसोका कारण सिगात्सेमा घाँस उत्पादन हुँदैन। त्यहाँका पशुका लागि नेपालबाट घाँस प्याकिङ गरेर निर्यात गरिएको हो।
मकैको डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट हाइलेज तयार पारिन्छ। दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ। त्यसलाई सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि मात्रै लगिन्छ। पशुआहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा ४ सय ६० किलो हुन्छ।
कम्पनीमा दैनिक ८० देखि १ सय रोला पशुआहार उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ। हाइलेज उत्पादनका लागि भरतपुर र यस आसपासका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङले बताए। ‘अहिले मकैबाट मात्रै बनाउन सुरु गरेका हौं,’ उनले भने, ‘अम्रिसो, नेपियरलगायतका घाँसबाटसमेत पशुआहार बनाउने तयारी गरेका छौं। ’
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ तथा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले संयुक्त रूपमा पशुआहार हाइलेज निर्यातको शुभारम्भ गरेका थिए। शनिबार १० वटा कन्टेनरमा ८० टन हाइलेज चीनतर्फ पठाइएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यातले चीनसँगको व्यापार सम्बन्ध प्रगाढ भएको बताए। कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ।
‘देशको व्यापारघाटा कम गर्न नयाँ खालको आयामको आवश्यकता छ। हाइलेज निर्यातले व्यापार घाटा कम गराउन प्रभावकारी भूमिका खेल्नेछ,’ उनले भने, ‘हेर्दा समान्य लागे पनि दुई देशबीचको व्यापारिक सहकार्यका लागि यो इतिहासमा कोसेढुंगा सावित हुन्छ।’
दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ। प्रतिवर्ष १० लाख टन हाइलेज उत्पादन गरी चीन निर्यात गर्ने तयारी छ। अहिले कम्पनीले तीन हजार टन हाइलेज उत्पादन गरेको छ। वार्षिक दुई सय करोड टन पशुआहार पठाउने योजना कम्पनीको छ। सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ। चीनको उक्त क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग छ। नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपाल–चीनको इतिहास पुरानो भएको बताउँदै घाँस निर्यातले चीन र नेपालको सम्बन्ध अझ प्रगाढ हुने बताए।
करिब ३ वर्षअघि यो कामको थालनी गरिएको थियो। चिनियाँ व्यवसायीको लगानीमा भरतपुर महानगरपालिका–५ प्रेमबस्तीमा उद्योग स्थापना भएको छ। पहिलो चरणमा ३ हजार मेट्रिक टन हाइलेज उत्पादन गरिएको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले नेपालबाट घाँस हाइलेज निर्यातले कृषि क्षेत्रमा प्रभाव पर्ने दाबी गरे।
गुणस्तर हेरेर कम्पनीले बोटसहितको मकै खरिद गर्छ। हाइलेजका लागि किसानलाई कम्पनीले उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोग गरेको छ। यसरी उत्पादन गरिएको घाँस दुई वर्षसम्म प्रयोग गर्न मिल्ने बताइएको छ। यसलाई निकै पोषिलो आहारका रूपमा लिने गरिन्छ।
Comments
अरु समाचार
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...












