ठूला करदाता कार्यालयले गत वर्षभन्दा दुई अर्ब बढी राजस्व उठायो
काठमाडौं । चालु आर्थिक वर्षमा ठूला करदाता कार्यालयले गत वर्षभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५५० संस्थाबाट १ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । यो गत वर्षभन्दा २ अर्ब रुपैयाँले बढी हो ।
वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने ५५० संस्थाले १ खर्ब ८५ अर्ब रुपैयाँ कर तिरेका हुन् । ठूला करदाता कार्यालयले १ खर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने करदातालाई सेवा दिने गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयलाई २ खर्ब ६१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको थियो ।
गत वर्षभन्दा २ अर्ब बढी राजस्व संकलन गरे पनि कार्यालयले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । चालु आर्थिक वर्षमा सरकारले गत वर्षभन्दा १० प्रतिशत कम राजस्व संकलन गर्दा ठूला करदाता कार्यालयले गत वर्षभन्दा १।०९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा कार्यालयले २ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । बैंकिङ क्षेत्रबाट सोचेअनुसार रकम प्राप्त नभएकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको ठूला करदाता कार्यालयका प्रमुख राजेश्वर ज्ञवाली बताउँछन् ।
‘बैंकिङ क्षेत्रको नाफामा गिरावट नआए पनि सोचेअनुसार रकम संकलन भएन । मदिरा र अटोमोबाइलको पनि राजस्व घटेको छ,’ उनले भने, ‘जसले गर्दा समग्र राजस्व प्रभावित भएको हो ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












