ठूला करदाता कार्यालयले गत वर्षभन्दा दुई अर्ब बढी राजस्व उठायो
काठमाडौं । चालु आर्थिक वर्षमा ठूला करदाता कार्यालयले गत वर्षभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ५५० संस्थाबाट १ खर्ब ८५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । यो गत वर्षभन्दा २ अर्ब रुपैयाँले बढी हो ।
वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने ५५० संस्थाले १ खर्ब ८५ अर्ब रुपैयाँ कर तिरेका हुन् । ठूला करदाता कार्यालयले १ खर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार गर्ने करदातालाई सेवा दिने गरेको छ । चालू आर्थिक वर्षमा कार्यालयलाई २ खर्ब ६१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको थियो ।
गत वर्षभन्दा २ अर्ब बढी राजस्व संकलन गरे पनि कार्यालयले लक्ष्यको ७० प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो । चालु आर्थिक वर्षमा सरकारले गत वर्षभन्दा १० प्रतिशत कम राजस्व संकलन गर्दा ठूला करदाता कार्यालयले गत वर्षभन्दा १।०९ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्षमा कार्यालयले २ खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८३ अर्ब रुपैयाँ मात्रै संकलन गर्न सकेको थियो । बैंकिङ क्षेत्रबाट सोचेअनुसार रकम प्राप्त नभएकाले लक्ष्यअनुसार राजस्व संकलन नभएको ठूला करदाता कार्यालयका प्रमुख राजेश्वर ज्ञवाली बताउँछन् ।
‘बैंकिङ क्षेत्रको नाफामा गिरावट नआए पनि सोचेअनुसार रकम संकलन भएन । मदिरा र अटोमोबाइलको पनि राजस्व घटेको छ,’ उनले भने, ‘जसले गर्दा समग्र राजस्व प्रभावित भएको हो ।’
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












