‘गृहमन्त्री जी, जवाफ दिन सक्नुहुन्छ- तपाईंको कार्यकालमा कति क्विन्टल सुन सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो?’
काठमाडाैँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधिसभाका सांसद सूर्य थापाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्।
बुधबार त्रिभुवन विमानस्थलको कडा भन्सार चेकजाँच छिचोल्दै भित्र्याइएको सुन राजस्व अनुसन्धान विभागको टोली सिनामंगलबाट समातेपछि थापाको यस्तो प्रतिक्रिया आएको हो।
‘हवाई यात्राको क्रममा गौचरन एयरपोर्टमा प्राय: सधैभरि प्रतिनिधिसभा सदस्यको लोगो लगाएर म आम यात्रु जसरी सुरक्षा चेकजाँच गराउँछु। कहिलेकाहीँ भिआइपी कक्षतर्फ अलिक लामो प्रतिक्षाको लागि पनि जान्छु’, उनले भनेका छन्, ‘तर सुरक्षा जाँचको प्रक्रिया पूरा गरेर मात्रै। त्यसक्रममा कलम, मोबाइल र पेटीसमेत खोलेर छुट्टै ट्रेमा देखाउन र एक्सरे मेशीनमा राख्न लगाइन्छ। त्यसो गर्नु संवदनशील सुरक्षा प्रयोजनले सही नै हो भनेर सहयोग गर्दै आएको छु।’
उनले प्रहरी सुरक्षाकर्मीले त्यति गरिसक्दा सुरू र अन्तिमका एक्सरे मेशीन पार गर्नेक्रममा दुई-दुई पटक शरीर छामछुम गर्ने गरेको सुनाए।
‘यो सबै देखाउन र लोक रिझ्याइँका लागि गर्ने गरिएको हो त? एक क्विन्टल सुन इन्टरनेशनल टर्मिनलको सारा कडा सुरक्षा जाँच परीक्षण पार गरी सकुशल सिनामंगलसम्म ट्याक्सीमा सवार हुन कसरी पुग्यो? ’, उनले प्रश्न उठाएका छन्।
अब गृहमन्त्रीले कुनै ढिलाइ नगरी राजीनामा दिनुपर्ने पनि उनले बताएका छन्। ‘यसमा गृहमन्त्रीजीले जवाफदेही भएर छानबिन प्रभावित नहोस् भनी स्वनिलम्बन/ राजीनामाको घोषणा गर्न अत्यन्त ढिलो भयो’, उनले भने, ‘नैतिकता र जवाफदेहिता फगत आदर्शको रटान र स्टन्टबाजी वा आत्मप्रशंसाको खोक्रो अभिनय होइन र हुनै सक्दैन।जिम्मेवार व्यक्ति स्वयम्ले दृष्टान्त बन्न सक्नुपर्ने निर्मम विषय हो।’
उनले गृहमन्त्रीलाई अर्को प्रश्न पनि गरेका छन्।
‘गृहमन्त्री नारायणकाजी श्रेष्ठजी, जवाफ दिन सक्नुहुन्छ- तपाईंको कार्यकालमा कति क्विन्टल सुन यस्तो सेटिङमा भित्रियो र दक्षिणतर्फ निर्यात गरियो?’, उनले भने, ‘अनि, सुन तस्करीको यस्तै नालायक र निर्लज्ज रमिते बन्न गृहमन्त्री बन्नुभएको हो त? अब राजीनामा दिएर छानबिनलाई सघाउनुस्, अन्यथा तपाईंभन्दा नैतिकहराम मान्छे नेपाल सरहदभित्र नभूतो नभविष्यति अरू कोही देखिने छैन।’
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
विदेशी मुद्राको विनिमयदर: आज कुन देशको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...












