“हामी त सामन्तवाद ढल्यो भन्नेमा थियौँ, सामन्तवाद जरा गाडेर बसेको रहेछ”: मन्त्री गुरुङ
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सामन्तवादको अवशेषका रूपमा मिटरब्याजी भेटिएको बताएका छन् ।
प्रतिनिधिसभाले सन्देशसहित पठाएको मिटरब्याजसम्बन्धी मुलुकी देवानी संहितासहित केही नेपाल ऐन संशोधनका विषयमा बिहीबार राष्ट्रियसभालाई जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । लोकतन्त्रपछि समान्तवाद ढल्यो भनेर बसिए पनि त्यसले फेरि शिर उठाएको उनले उल्लेख गरे ।
“हामी त लोकतन्त्र आएपछि सामन्तवाद ढल्यो भन्नेमा थियौँ । तर, मिटरब्याजका नाममा सामन्तवाद जरा गाडेर बसेको रहेछ,” मन्त्री गुरुङले भने, “तर पनि म मन्त्री पीडितको पक्षमा उभिनैपर्छ । राष्ट्रियसभा पीडितको पक्षमा उभिनैपर्छ । सिंगो देश र सरकार पीडितको पक्षमा उभिन्छ ।”
राष्ट्रियसभामा उत्पत्ति हुँदा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक अध्यादेश प्रतिस्थापनका रूपमा आएपछि प्रक्रियामा भएको ढिलाइलाई प्रतिनिधिसभाले विधेयकका रूपमा पारित गरेको उनले जानकारी दिए ।
उनले सारमा विधेयक उही भए पनि रूपमा केही परिवर्तन गरिएको भन्दै प्रक्रियागत त्रुटिका लागि माफी मागेका थिए ।
उनले माफी मागेपछि राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाले सन्देशसहित पठाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी विधेयक पढेर सुनाएका थिए ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











