द्वन्द्व विश्व शान्तिका लागि समस्या: केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन् । लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वल्र्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तरक्रियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेकोे बताए ।
‘कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्’,उनले भने,’जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ ।’ उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए । अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए।
उनले मानवअधिकार,सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए । अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे । नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
Comments
अरु समाचार
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...











