माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु हुँदै, पाँच दिनसम्म चल्ने
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ । केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, संसदलाई पनि एजेन्डाका रुपमा प्रस्तुत हुनेछ ।
पाँच दिनसम्म चल्ने बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ । बैठकमा ७ सय ५८ जना नेता सहभागी हुने माओवादीले जनाएको छ । बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने छन् । यसअघि माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ गते बसेको थियो ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...