माओवादीको केन्द्रीय समिति बैठक आजदेखि, पहिलो पटक लाइभ हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्न लागेकाे हाे।
केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक ८ बजे बस्दैछ। पार्टी मुख्यालयमा बस्ने स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल’ गर्नेछ।
केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।
केही दिनअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको सिको गर्दै माओवादीले पनि बैठक लाइभ गर्ने भएको छ। बैठक लाइभ गर्ने निर्णयप्रति केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
यसअघि भनिएको २९९ केन्द्रीय समिति विपरीत माओवादीमा कुल ३८५ केन्द्रीय सदस्य रहेको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।
केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना आयोगका सदस्यहरू र १०० जना प्रदेश पदाधिकारीहरू सहभागी हुँदैछन्। कुल ७५८ जना माओवादी नेताहरू बैठकमा सहभागी हुनेछन्।
बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५-५ मिनेटको समय दिइनेछ। माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ।
२०७९ सालकाे असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो।
Comments
अरु समाचार
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...












