रेल क्षेत्रमा भारतको फड्को: रुससँगको संयुक्त लगानीमा विद्युतीय रेल चलाउने
काठमाडौं । भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यासहोल्डिङ र भारतीय कम्पनी रेल विकास निगम लिमिटेड९आरभिएनएल० बीच सम्झौता भएको हो ।
यात्रीलाई सुत्ने सुविधाका साथ निर्माण गरिने एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ । ‘बन्दे भारत’ नामका ती रेलका अधिकांश डिब्बामा वातानुकूलन प्रणाली पनि जडान हुनेछ । दुवै समूहले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ । कम्पनीमा आरभिएनएलको २५ प्रतिशत लगानी हुने रुसी समाचारपत्र कमर्सन्टले जनाएको छ । महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ । सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइसक्नुपर्नेछ । उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गरिनेछ ।
उलान–उडे लोकोमोटिभ प्लान्टको भ्रमणका क्रममा ट्रान्समासहोल्डिङका महानिर्देशक किरिल लिपालाई रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले सम्झौताबारे जानकारी दिनुभएको हो । ट्रान्समासहोल्डिङका महानिर्देशकका भारतीय रेलवेका सहकर्मीसँग मिलेर परियोजनाको अर्को चरणको काम शीघ्र प्रारम्भ गरिनेछ । ट्रान्समासहोल्डिङ आधुनिक रेल निर्माणमा ख्यातिप्राप्त कम्पनी हो जसले विश्वका ३० देशमा रेल डिजाइन, इन्जिन र अन्य उपकरण निर्माण तथा आपूर्ति गर्दै आएको छ ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












