एकीकृत समाजवादीको बैठक आजपनि बस्दै,पार्टीले गरेका कामको समीक्षा गरिने
काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्दै छ। केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका छौं,’ उनले भने, ‘हिजो करिब १८ जनाले आफ्ना कुरा राख्नु भयो।’आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्टीले गरेका गतिविधिका विषयमा समीक्षात्मक धारणा राख्ने र त्यस आधारमा निष्कर्ष निकालिने खतिवडाले बताए । ‘सबैले नेतृत्वले गरेन, गरेन भन्छन्, गर्नुपर्ने कुरा के हो तरु आफ्ना कुरा राख्नुस् भनेका छौं। पोलिट्ब्युरोसम्मै हामी यसरी छलफल गर्छौं। त्यसै आधारमा प्रस्ताव बनाएर केन्द्रीय कमिटीमा लैजान्छौं,’ उनले भने।
शनिबारको छलफलमा सरकारको गतिविधि, समाजवादी पार्टीको भूमिका र समाजवादी मोर्चाबारे सदस्यहरूले धारणा राखेको स्थायी कमिटी सदस्य तुलबहादुर गुरूङले जानकारी दिए। त्यस्तै महाधिवेशनबारे पनि छलफल भएको उनले बताए । ‘अध्यक्ष, महासचिवलबाट माघभित्रै महाधिवेशन गर्न सकिनेगरी प्रस्ताव आएको छ । स्थायी कमिटी सदस्यहरूले पनि यथाशीघ्र महाधिवेशन गर्नुपर्ने आवाज उठाएका छन् । त्यस्तै राजनीतिक कार्यदिशा र समाजवादी आन्दोलनमा पार्टीको प्रष्ट दृष्टिकोण तय गरेर जानुपर्ने कुरा उठेको छ,’ उनले भने। एकीकृत समाजवादीले ३५ सदस्यीय पदाधिकारी बनाएको थियो। त्यसमध्ये नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपानेले पार्टी छाडेर गइसकेका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
जिल्ला न्यायाधीश बेलबासे ४ दिनका लागि उच्च अदालतमा नियुक्तिका लागि सिफारिस
काठमाडौं । जिल्ला न्यायाधीश हिमाल बेलबासे उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् । अनिवार्य अवकाश पाउन चार दिन...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
आज न्याय सेवा आयोगको बैठकः सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्का सचिव सिफारिस गर्ने तयारी
काठमाडौं । न्याय सेवा आयोगको बैठक आज (मंगलबार) बस्दैछ । हाल सर्वोच्चका रजिष्ट्रार र न्याय परिषद्को सचिव पद तीन महिनादेखि...
-
आज प्रतिनिधिसभाको बैठक, सम्बन्धित मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने कार्यसूची
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मङ्गलबार अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी सङ्घीय...
-
आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...












