चालकलाई प्रवेश पास प्रदान गर्न चीन सकारात्मक
काठमाडौं। । रसुवागढी नाका हुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्रको व्यवस्था गर्न चीन सकारात्मक रहेको अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीले बताएका छन् । बुधवार काठमाण्डौ कालिकास्थान विभागको कार्यालय पुगेका नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका प्रतिनिधि मण्डलसंग कुराकानी गर्दै विभागका महानिर्देशक अधिकारीले त्यस्तो कुरा बताएका हुन् ।
‘चीन तर्फ कस्टम अथोरिटिसम्म कुरा लैजानेगरी नेपाल स्थित चीनको राजदुतावासका सेकेण्ड सेक्रेटरीसंग बुधबारनै अध्यागमन विभागमा छलफल गरेको छु, उहाँहरु ९चीन० यस विषयमा सकारात्मक हुनुभएको छ चाँडै समस्याको समाधान हुनेमा हामी आशावादी छौं’ महानिर्देश अधिकारीले जानकारी गराए ।
गृह मन्त्रालय अध्यागमन शाखाले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्याविधि २०७६ जारी गर्दै चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको थियो । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भएतापनि । अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमति पत्र पाएका छैनन् ।
चालकहरुले चीन प्रवेश अनुमति पत्र नपाउँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले काठमाण्डौंबाट १३२ किलोमिटर दुरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पु¥याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दुरीमा रहेको केरुङ लानका लागि १५ हजार तिर्नुपर्ने व्यथितिको मजदुर संगठन र व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् । चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र लकडाउनपछि संगठन र जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानकर्षण गराएको थियो ।
त्यस्तै साउनको ३ गते अध्यागमन विभागलाई ज्ञापन पत्र बुझाउँदै समस्याको समाधानका लागि आग्रह गरिएको थियो । सरकारले २०७६ सालमै जारी गरेको कार्यविधि कार्यान्वयनका लागि बल्ल चीनका अधिकारी समक्ष पुगेको र कुरा सकारात्मक रहेको कुराले आशावादी रहेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए ।
‘यो हाम्रो भन्दा पनि देशको समस्या हो यसको तत्काल समाधान हुनेमा हामी आशावादी छौँ’ नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । अब महगो पैसा दिएर अपरिचित व्यक्तिको जिम्मा लाएर हाम्रा लाखौँको सवारीसाधन केरुङ पठाउनु पर्ने दिनको अन्त्य हुनेछ भन्ने आशा गरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।
यो समस्याबाट चालकहरु अत्यन्तै पीडित रहेकाले यो समस्याको समाधानसंगै चालकहरुको भौतिक सुरक्षामा समेत सरकारले चासो राख्नुपर्ने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए । ‘चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि दुर्व्यवहार हुने, प्रशासनिक झमेला सृजना गर्ने कार्यहरु बढीरहेका छन्, यस्ता कार्य सुरक्षाको चासो देशकै चासो हो त्यस्ता दुखद घटनाहरुको अन्त्यका लागि दुईदेशका सिमा सुरक्षा अधिकारीहरु र दुवै देशका उच्च तहबाट छलफल गरी समाधान गर्नुपर्छ’ श्रेष्ठले भने ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












