ललिता निवास जग्गा प्रकरणको छानबिनमा पूर्ण सहयोग रहने छ : माधवकुमार नेपाल
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरण छानबिनमा आफ्नो सहयोगी भूमिका रहने बताएका छन्।
युरोप भ्रमण गरी सोमबार स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले ललिता निवास जग्गा प्रकरण छानबिनमा सहयोग गर्ने बताए।
‘बालुवाटार जग्गामा केही बदमासी भएका छन् भने त्यसको छानबिन होस्। त्यसमा मेरो तर्फबाट गर्नुपर्ने सहयोग हो, मेरो तर्फबाट सहयोगी भूमिका रहन्छ,’ अध्यक्ष नेपालले भने।
प्रधानमन्त्री हुँदा आफूले ‘असल मनसायले नेपाल सरकारको जग्गा, नेपाल सरकारको नाममा हुनुपर्दछ’ भनेर केही काम गरिएको उनको भनाइ छ।
‘कागजपत्र छैन भने पनि स्रेस्ता कायम गर्ने भनेर काम गरेको हुँ,’ उनले भने, ‘त्यो काम गर्दा सरकारी जग्गा र अन्य जग्गा कानूनसम्मत ढंगले छुट्याएर गर्ने भनिएको थियो। बाटोका सन्दर्भमा कसैलाई मुआब्जा र सट्टाभर्ना नगरिकन ७ रोपनीभन्दा बढी जग्गा सरकारको नाममा ल्याइएको थियो। तर त्यहाँ मोहीका जग्गा पनि आएको कुरा आएको छ।’
आफू प्रधानमन्त्री हुँदा ललिता निवासमा झमेलावाला जग्गा भनेर कसैले पनि नभनेको उनले दाबी गरेका छन्। उनले निर्दोष कोही नपर्ने र दोषी कोही नछुट्ने गरी छानबिन गर्नुपर्ने पनि बताए।
आफूले केही अपराध र भ्रष्टाचार नगरेको उनले बताएका छन्।
‘मैले केही बिराएको छैन, बदमासी गरेको छैन। कुनै अपराध गरेको छैन,’ उनले भने, ‘कुनै भ्रष्टाचार गरेको छैन। कुनै लेनदेन गरेको छैन। म आत्तिएको छैन। तर अलिअलि चित्त दुखेको छ। देशका लागि केही गर्छु भनेको हो।’
ललिता निवास जग्गा प्रकरणमा नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएपछि पूर्वप्रधानमन्त्री नेपाल र बाबुराम भट्टराई पनि अनुसन्धानको घेरामा तानिने देखिएको हो।
अदालतले आदेश दिएको भोलिपल्ट अध्यक्ष नेपाल विदेश गएपछि कतिपयले विदेश जान दिइएको भन्दै सरकारको पनि आलोचना गरेका थिए।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












