काठमाडौं-तराई द्रुतमार्गको डीपीआर संशोधन, लागत २ अर्व घट्यो
काठमाडौं । सरकारले राष्ट्रिय गाैरवको आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’को डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) फेरि संशोधन गरेको छ ।
लागत समय र मूल्य घटनेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रूतमार्गको डीपीआर संशोधन गरेको हो।
‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्नेगरी द्रूतमार्गको डीपीआर संशोधन भएको छ,’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्बाई छोटिँदा मूल्य पनि घट्यो।’
काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रूतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण भइरहेको छ।
२०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रूत मार्गमा हालसम्म २५.५४ प्रतिशत मात्रै प्रगति भएको छ।
२०८३ चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रूतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए।
‘द्रूतमार्गको काम तीव्र गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’, नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाले भनेका छन्।
डीपीआर संशोधन भएछि लागत मूल्य पनि घट्ने भएको छ। यसअघि २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँ लागत थियो। अब संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख लागत कायम हुने भएको छ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











