नेताहरुले देशको संविधान विपरित,आफ्नो स्वार्थ अनुकुल काम गरेर देश दुर्घटनाको अवस्थामा पुग्योःडा.शेखर कोइराला
काठमाडौं। नेताहरुले संबिधान र व्यवस्था विपरित गएर काम गर्दा मुलुक दुर्घटनाको चरम अवस्थामा पुगेको नेपाली काङग्रेसका नेता डा.शेखर कोइरालाले बताएका छन् । दलका शीर्ष नेताहरुले बालुवाटारमा बसेर संविधान विरोधी काम गरेको भन्दै नेता कोइरालाले एक कार्यक्रमामा बताएका हुन् ।
संबिधानले दिएको अधिकार भन्दा बाहिर गएर काम गरेको छ, आफ्नो स्वार्थ अनुकुल काम गर्दा देश कहाँ पुग्छ कोइरालाले प्रश्न समेत गरेका छन् ।
कोशी प्रदेश सरकारको बिश्वासको मतबारेको प्रशङ्गमा कोइरालाले भने– ‘अदालतले जे नगर्नु भन्यो शीर्षनेताहरु बसेर फेरि त्यही गर्नुभयो । संविधान र अदालतमाथिको यस्तो बल मिच्याईं कहिले सम्म ।’
कार्यक्रमलाई सम्बोधन गर्दै कोइराला राजनीतिक दलहरुको चरम राजनीतिले समाज ध्रुवीकरण हुँदै गएको र सामाजिक सद्भावसमेत बिथोलिएको समेत बताएका छन्।
दुलारी सरोकार मञ्चले अयोजना गरेको वाषिर्कोत्सव तथा सम्मान कार्यक्रममा २०१५ सालदेखि हालसम्म निर्वाचित स्थानीय प्रतिनिधि तथा तिनका परिवारलाई सम्मान गरिएको थियो ।
Comments
अरु समाचार
-
झापा कप उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटीको भिडन्त
झापा, ८ पुसः झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम ९एनआरटी० र चर्च ब्वाइज क्लबबीच स्थानीय डोमालाल रङ्गशालामा...
-
बार र कानुन सक्षम बनाइए न्यायालयलाई खबरदारी हुनेछः सर्वोच्च न्यायाधीश फुयाँल
विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले बार र कानुन सक्षम हुनु पर्नेमा जोड दिनु भएको छ । '६९ औं...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक...
-
कुलपतिको अग्रसरतामा त्रिविसभाको अनौपचारिक बैठक सम्पन्न
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयमा देखिएका विविध समस्या र सुधारका विषयमा विश्वविद्यालयसभाको अनौपचारिक बैठक...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
रामकोटमा रु ४० करोड लगानीमा बद्रीनारायणधाम निर्माण
काठमाडौं । नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायण धाम’ निर्माण गरिएको छ । पण्डित...
-
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय...
-
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिन थाल्ने र हाजिर हुन नदिने मेयर बालेनकाे तयारी
काठमाडौं। छानबिनको दायरामा रहेको काठमाडौंको पुरानो बसपार्कस्थित काठमाडौं भ्यूटावरको नक्सापास हठातमा स्वीकृत गरेपछि काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं...