गाँजा खेतीलाई वैधानिकता दिन पहल गर्दै कृषि समिति
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्रकृतिक स्रोत समितिले कृषि मन्त्रालयको संस्थागत संरचना , कार्यसम्पादन र जिम्मेवारीको विषयमा आगामी बैंठकमा बोलाएर ब्रिफिङ लिने निर्णय निकालेको छ ।
आइतबार सिंहदरबारमा बसेको बैंठकले खाद्य स्वच्छता तथा गुण नियन्त्रणसम्बन्धी बिधयेकमा छलफलका लागि उपसमिति बनाउने निर्णय पनि भएको छ।
सांसद अमरबहादुर थापा , अनिता नेपाली , विनिता कठायत, सूर्यकुमारी श्रेष्ठ र माओवादी केन्द्रबाट एक जना सांसद बंगलादेश भ्रमणमा जाने बताईएको छ ।
नेपालको तराई तथा मध्यपहाडी क्षेत्रमा उत्पादन हुने गाँजा खेती बहुउपयोगी रहेकाले यसको उत्पादन, प्रशोधन र बिक्रिवितरण गर्ने कार्यलाई बैधानिक बनाउने सम्बन्धमा सम्बन्धीत निकायसँग थप छलफल गरी निष्र्कर्षमा पुग्ने निर्णय पनि समितिले गरेको छ । चालु आर्थिक वर्षका लागि औषधीलगायत प्रयोजनका लागि गाँजा खेती गर्न बजेट समेत व्यवस्था भएकाले यस्तो निर्णय गरिएको हो । नेपालमा १ लाख हेक्टर कृषियोग्य जमिन खाली रहेको थाहा पाएको अध्यक्ष राणले जानकारी दिदैँ सो जमिनको सदूपयोग गरेर किसानको जीवनस्तर सुधार गर्न सकिने धारण राखेकी थिइन् । सभापति राणले गाँजाखेती गर्न अर्थ मन्त्रालयले बजेट छुट्याउने तर गृह मन्त्रालयका व्यक्तिले गाँजाखेती खुला गर्नहुँदैन भन्ने गरेको बताउँदै यसबारे छलफल गरेर सरकारलाई निर्देशन दिनुपर्ने बताईन ।
यसैगरी राष्ट्रिय भूमि आयोगबाट सम्पादन हुने कार्यलाई व्यवस्थीत गर्न आयोगका अध्यक्षलागयतका पदाधिकारी र भूमि , सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई समितिको अर्को बैठकमा बोलाएर छलफल गेर्ने निर्णय गरेको छ ।
नेपालको पश्चिम र सुदूरपश्चिम पहाडका कृषिमा आबद्ध जनता गरिब रहेको बताउँदै उनीहरुका बारेमा सोच्नुपर्ने बताईन । उनले नेपालको कार्बन व्यापारबारे आफुलाई चासो रहेको बताउँदै यसबारे वन मन्त्रालयबाट जानकारी लिने उल्लेख गरिन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












