चाडवाड लक्षित बजार अनुगमनमा १५ टोली परिचालन गरिदै
काठमाडौं। चाडबाडले बजारलाई चलायमान बनाए पनि सँगसँगै भित्रिने अँध्यारो पाटो हो–कालो बजारी । त्यसैको मौका छोप्दै केही व्यवसायीले बढी मूल्य लिने , म्याद नाघेका सामान बेच्नेलगायत ठगीका घटना हुने गरेका छन् । चाडवाडमा उपत्यका छाड्ने सर्वसाधारणलाई यातायात व्यावसायी , राजमार्गका होटल व्यवसायीले पनि ठग्ने गरेको गुनासो छ ।त्यसैलाई दृष्टिगत गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ देखि चाडबाड लक्षित अनुगमन गर्न लागेको छ ।
दसैं आउन करिब सामान्य डेढ महिना बाँकी छँदा चाडबाडलाई लक्ष्य गर्दै अनुगमनलाई तीव्र बनाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीसमेत माग गरिएको छ ।नियमनकारी निकाय , खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग , राजस्व विभाग, आन्तरिक राजस्व विभाग, कृषि पशुलगायत विभागलाई कर्मचारी माग गरिएको जनाएको छ। वाणिज्य विभागका अनुसार यस वर्ष कम्तीमा १० टोलीबाट बजार अनुगमन हुनेछ । सबै नियमनकारी निकायसँगको सहकार्यमा अनुगमन टोलीको संख्या १५ सम्म पुर्याइने विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए । १० टोली खटाउन कम्तीमा ३० जना कर्मचारी चाहिन्छ । विभागका १०÷१२ जना मात्रै छन् । उनले भने थप कर्मचारीका लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेका छौ ।
सबै निकायसँगको छलफलपछि संयुक्त बजार अनुगमनलाई तिव्रता दिइने छ । ‘ चाडबाडमा बजारको अवस्था , अनुगमनबारे वाणिज्य तथा आपूर्ती सचिव मधु मरासिनीको अध्यक्षतामा छिट्टै बैठक बस्छौ । सबै निकायले आ–आफ्नो क्षेत्रमा अनुगमन गर्छन् , सँगै आवश्यकता अनुसार संयुक्त अनुगमन पनि हुन्छ‘ महानिर्देशक ठाकुरले भने ।
चाडबाड लक्षित अनुगमन गत वर्ष पनि असोज १ गते बाट भएको थियो । कात्तिक मसान्तसम्म १ हजार ७७ वटा व्याकसायिक फर्ममा अनुगमन गरिएको वाणिज्यले जनाएको छ । अनुगमन का क्रममा २ सय २९ व्यावसायिक फर्म कारबाहिमा परेका थिए । तिनबाट २९ लाख ६५ हजार जरिवाना असुल गरिएको थियो ।
सरकारले चाडवाडलाई मात्रै केन्द्रमा राखेर अनुगमन गर्ने गरेको आरोप लाग्ने गरेको छ ।सिजनका बेला अनुगमनले व्यापारमा समस्या हुने गरेको व्यवसायीको गुनासो छ । अनुगमन चाडबाड लक्षित मात्रै नभई १२ महिनै हुनुपर्ने उपभोक्ता अधिकारकर्मी बताउँछन् ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












