मुख गनाउने समस्याका कारण, उपचार तथा रोकथामका उपायहरु
काठमाडौं ।मुख गनाउने समस्याले व्यक्तित्वमा नै नराम्रो प्रभाव पार्छ । जसले मुख र शरीर स्वास्थ छैन् भन्ने स्वतःबुझाउँछ । मुख गनाउने समस्या भएका मानिस अलि कमजोर र मानसिक रुपमा डिप्रेसनमा हुन्छन् । आफ्नो सास आफैलाई नगनाउने भएकाले यसबारे थाहा पाउन दन्तचिकित्सककोमा देखाइराख्नुपर्छ । यदि लामो समयदेखि मुख गनाउने समस्या छ भने त्यहाँ क्यान्सर भएको पनि हुन सक्छ । त्यसैले समयमै उपचार गर्नुपर्छ ।
मुख गनाउने कारण
- दाँत तथा मुख राम्रोसँग सफा नगर्दा । सही तरिकाले ब्रसिङ र फ्लसिङ नगर्दा । लगाएको कृत्रिम दाँत राम्रोगरी सफा नगर्दा र लामो समयसम्म एउटै बस प्रयोग गर्दा पनि ।
- खाना खाए पछि कुल्ला गर्ने बानी नहुदाँ तथा जिब्रो सफा नगर्दा । गुलियोको मात्रा अधिक प्रयोग गर्नाले ।
- गिजा सुन्निएर पाइरिया भएमा । पिनासको संक्रमण भएमा । धुम्रपान, मद्यपान तथा सुर्तिजन्य वस्तुको प्रोयोगका कारण । दाँत किराले आएर खाल्डो भएमा । मुखभित्र घाउ,खटिरा वा संक्रमण भएमा । टन्सिलाइटिस भयो भने ।
- एसिडिटी हुनु अथवा पेटको अम्ल मुखमा आउनु । श्वासनली र फोक्सोमा संक्रमण हुँदा । खाना नली पेटमा घाउ हुनु । शरीरमा चिनीको मात्रा अत्याधिक बढी वा कम हुनु ।
- पानि कम पिउँने कारण मुख सुख्खा हुन्छ । कफिको अत्याधिक सेवन गर्दा ।
- पेट,फोक्सो, खानानली आदिा क्यान्सर हुनु। नाइट्रेट्स स्लिपिङ ट्याब्लेट र भिटामिन आदि औषधि प्रयोग गर्नाले । जोग्रेन सिन्ड्रोम नामक रोग लागेमा । कलेजोले काम गरेन भने ।
- मिर्गौला फेल भयो भने कुहिएको माछाजस्तै गन्ध आँउछ । रेडियो थेरापी तथा क्यान्सरको उपचार गराँउदा पनि मुख गनाउँछ ।
रोकथाम र उपचार विधि
- मुख गनाउने खानेकुरा सकेसम्म बाहिर हिँड्दा नखाँने । किनभने ब्रस वा फ्लस गर्दा पनि जाँदैन।
- पर्याप्त मात्रामा पानी पिउने,जसले शरीरमा पानीको मात्रा सन्तुलित राख्छ र मुख सुक्खा हुन दिँदैन् ।
- जिब्रोलाई क्लिनरले नियमित सफा गर्ने । कफी र गुलियो खानेकुरा कम खाने ।
- सहि तरिकाले ब्रसिङ र फ्लसिङ गर्ने । कृत्रिम दाँतमा खाना अड्कीने भएमा राम्रोसँग सफा गर्ने । अझ ठीक नभएमा चिकित्सककोमा जाने । एउटा ब्रस तीन महिनाभन्दा बढी प्रयोग नगर्ने ।
- खाना खाएपछि मज्जाले मुख कुल्ला गर्ने । धेरै गुलियो , चकलेट र चुइगमको प्रयोग कम गर्ने ।
- गिजा सुन्निएमा उपचार गरेर ठीक पार्ने । पिनास र टन्सिलको उपचार गर्ने ।
- धुम्रपान अथवा सूर्तिजन्य पदार्थ सेवन नगर्ने । मुखका घाउ–खटिराको उपचार समयमै गर्ने । मुखमा क्यान्सर भएमा यसको उपचार गर्ने मधुमेह नियन्त्रणमा राख्ने ।
- नियमित रुपमा दन्तचिकित्सकलाई देखाउने, के कारणले मुख गनाउँछ ,त्यसको कारण पत्ता लगाई समयमै उपचार गर्नुपर्छ ।
- शारीरीक स्वस्थका साथै खानपानमा पनि ध्यन पुर्याउनु पर्छ ।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
त्रिविकाे नीति तथा कार्यक्रम पारित !
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभा–सिनेट बैठकले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा कुलपति...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
काठमाडाैंमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन सुरु
काठमाडाैं । काठमाडाैंको बल्खुस्थित पत्रकारिता र आमसञ्चार विभागको क्यामेरा बिल्डिङमा तेस्रो ट्रान्स–हिमालय सञ्चार र सामाजिक विकास सम्मेलन शुक्रबारबाट सुरु भएको...
-
अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक र कर्मचारीलाई सम्पर्क गर्न आग्रह गरेको छ । त्रिविको...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
काठमाडाैं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार...
-
हिमालय इङ्ग्लिस स्कूलका प्रिन्सिपल खनाल ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ बाट सम्मानित हुँदै
विराटचोक । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित हिमालय इङ्ग्लिस स्कूलका संस्थापक प्रिन्सिपल कमल खनालले इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२५ प्राप्त गर्ने भएका...











