तीज पर्वको परम्परा जोगाउनै गाह्रो
काठमाडौं । आज व्रत बसेर तीज पर्व मनाइरहनुभएकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उहाँले हाँस्दै सुनाउनुभयो “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”
भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउनुहुन्छ । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उहाँ राम्रो ठान्नुहुन्न । उहाँ भन्नुहुन्छ, “तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।”
अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उहाँ त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताउनुहुन्छ । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उहाँको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झँदै भन्नुहुन्छ स्
‘हे।।। बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’
“दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो”, ती दिन सम्झँदै मीनाले भन्नुभयो, “साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।” उहाँको पुख्र्यौली घर अर्घाखाँची हो ।
तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उहाँले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गर्नुभयो ।
‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी
दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी’
‘दुई दिन माइत जान पाइन तीजका बेलामा
म चेलीको आँसु झ¥यो दैलो ठेलामा ।’
गोरखाको मैलुङमा बाल्यकाल बिताउनुभएका मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुनुहुन्छ । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उहाँसँग छ । उहाँले बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उहाँको अनुभव छ ।
“दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो”, विगत सम्झँदै राधिकाले सम्झनुभयो, “भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।”
राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उहाँहरुको तर्क छ ।
वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउनुहुन्छ । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उहाँ भन्नुहुन्छ, “परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।” धर्म र पर्वको सही प्रयोग गर्नसके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवद्र्धन हुनसक्ने दाहालको भनाइ छ ।
तीज र यस्तै हाम्रा धार्मिक सांस्कृति पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












