१९औँ एसियाली खेलकुद अन्तर्गत नेपाल र भारतबीच क्रिकेट खेल जारी
काठमाडौँ । १९औँ एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । चीनको हाङझाउस्थित झेजिङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा जारी खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो । भारतले सिधै क्वाटरफाइनल खेलेको हो भने समूह ‘ए’ मा रहेको नेपालले मंगोसिया र माल्दिभ्सलाई हराएर क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।
नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतसँग खेलेको हो । नेपाल टि–२० अन्तर्राष्ट्रियमा १६औँ स्थानमा रहेको छ भने भारत पहिलो स्थानको टोली हो । एक दिवसीय अन्तर्राष्ट्रियमा भने नेपालले अघिल्लो महिना भारतसँग र पाकिस्तानसँग खेलेको थियो ।
नेपालको तर्फबाट आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् । यस्तै भारतका तर्फबाट कप्तान ऋतुराज गायकवाड, यशस्वी जैसवाल, तिलक बर्मा, शिवम दुबे, रिंकु सिंह, जितेश शर्मा, वासिन्टन सुन्दर, साई किशोर, रवि विश्रोई, आवेश खान र अर्शदीप सिंह ।
Comments
अरु समाचार
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
यस्तो छ आज विदेशी मुद्राको भाउ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
ताप्लेजुङ । पाथीभरा केवलकार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्याली निकालिएको छ।...
-
राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा, असार ५ सम्म सुझाव दिन सकिने
काठमाण्डौ — नेपाल राष्ट्र बैंकले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । इच्छुक सबैले आउँदो असार...












