बझाङ भूकम्पमा घाइते भएकाको शीघ्र उद्धार गर्न र उपचारमा केन्द्रित हुन एमाले महासचिव पोखरेलको आग्रह
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुदूरपश्चिमको बझाङ केन्द्रविन्दु भएर गएको भुकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै घाइते भएकाको शीघ्र उद्धार गर्दै उपचारमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका हुन् ।
प्रभावित क्षेत्रको क्षतिको तथ्यगत रिपोर्ट संकलन गरी राहत र उद्धारको काममा यथाशीघ्र जुट्न आवश्यक भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् । एमालेका स्थानीय पार्टी कमिटीहरुलाई स्थानीय प्रशासनको संयोजनमा परिचालित हुन पोखरेलले आग्रह गरेका छन् ।
सुदुरपश्चिम प्रदेशस्थित वझाङ जिल्लाको चैनपुर आसपास केन्द्रविन्दु रहेको भुकम्पका कारणले नीजि घर तथा विद्यालयहरुमा क्षति पुगेको छ । यस्तै कयौ व्यक्तिहरु घाइते भएका प्रारम्भिक विवरणहरु प्राप्त भएका छन् । भूकम्पपछि विभिन्न ठाउँमा गएको पहिरोको कारणले आवागमन समेत अवरुद्ध भएको खबर प्राप्त भएको पनि महासचिव पोखरेलले उल्लेख गरेका छन् ।
मंगलवार बझाङ जिल्लालाई केन्द्र बनाई आएको ६.३ रेक्टरको भुकम्पका कारण बझाङ,बाजुरा, अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लाहरुमा क्षति पुगेको जनाइएको छ । भूकम्पको धक्का दुई पटक महसुस गरिएको थियो। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
त्यसको करिब २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












