टेलिकम कम्पनीको बद्मासी रोक्न र टेलिकम्युनिकेसन कोल्याप्स हुन नदिन टेरामक्स आवश्यक: प्राधिकरण अध्यक्ष खनाल
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टेलिकम कम्पनीको बद्मासी रोक्न र टेलिकम्युनिकेसन कोल्याप्स हुन नदिन टेलिकम्युनिकेसन्स् ट्राफिक मोनिटिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) आवश्यक परेको दाबी गरेका छन् । अध्यक्ष खनालले आइतबार पत्रकार सम्मेलन गर्दै टेलिकम कम्पनीहरूले व्यक्तिगत डेटाका आधारमा राज्यलाई कर तिर्ने गरेकाले कहाँ कति बद्मासी भएको छ भन्ने रोक्नका लागि ‘टेरामक्स’ आवश्यक परेको स्पष्ट पारेका हुन् ।
म्यानुअलरुपमा सेवा प्रदायकलाई नियमन गर्न असहज भएकाले ‘टेरामोक्स’ को आवश्यकता परेको उनले जनाए । टेलिकम कम्पनीहरूले सेवाग्राहीलाई सेवा दिएवापत् सरकारलाई बुझाउनुपर्ने विभिन्न शीर्षकको राजस्व, सेवाको गुणस्तर र कम्पनीहरूको अन्य गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित टेरामक्स जडान गर्न लागिएको उनकोे भनाइ छ । अध्यक्ष खनालले पत्रकार सम्मेलनमा भने, ‘पछिल्लो समय सेवा प्रदायकको कारोबार घटिरहेको छ । सो कारोबार हामीले म्यानुअल नै स्थलगत गएर चेकजाँच गर्ने गरेका छौं । टेरामस्क प्रविधि सुरु गरेपछि यो झन्झटबाट मुक्त हुन्छौ ।’
टेरामस्क प्रविधि खरिद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आइपुगेपछि मूल्य धेरै देखेर भन्सार कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीरकण विभाग र राजश्व अनुसन्धान विभागलाई पत्राचार गरेको पनि पत्रकारसामु उनले प्रष्ट पारे । भन्सार कार्यालयको पत्रअनुसार अख्तियारले खरिद प्रक्रियामा सहभागी सबैमाथि रेकी गर्न सुरु गरेको बताउँदै केही व्यक्तिलाई बोलाएर बयान समेत लिन सुरु गरिसकेको अध्यक्ष खनालको भनाइ छ ।
टेलिकम कम्पनीहरूले गर्ने बद्मासी रोक्न टेरामक्स निकै उपयोगी हुने अध्यक्ष खनालले दाबी गरेका छन् । टेरामक्सले व्यक्तिगत फोन ट्याप नगर्ने दाबी गर्दै उनले व्यक्तिगत डेटा पनि नराख्ने उनले प्रष्ट पारे । टेलिकमको डेटा प्रयोग भएर पनि ठगी भएको विषयलाई रोक्न टेरामक्स आवश्यक भएको खनालको भनाइ थियो । टेलिकम सेक्टरमा २०७४/७५, सन् २०१७ को जनावरीदेखि नेपालमा फोर जी सेवा लन्च भएदेखि चारसय गुणा बढी डेटा प्रयोग भएको छ । फोर जी लन्च भन्दा पहिला प्रयोग गर्ने डेटाभन्दा अहिले चारसय गुणा बढी टेलिकमले डेटा प्रयोग गरेको हो । सिम बिक्री पनि बढेको छ ।
तर नेपाल टेलिकमको २०७४/७५ देखि अहिलेसम्म आउँदा २५ अर्बले राजस्व घटेको जनाउँदै अध्यक्ष खनालले भने, ’यही आधारमा गयो भने नेपालको टेलिकम्युनिकेसन कोल्याप्स हुनसक्छ । घाटामा कसैले व्यापार गर्दैन । प्राधिकरणले अहिलेसम्म टेलिकमबाट प्रयोग भएको डेटा एक–एक जनाबाट हेरिएको छ । तर टेलिकमले डेटा नदिने, रियल टाइममा डेटा आवश्यक भएको बेला कर्मचारी आएको हुँदैन । प्राधिकरणले हरेक डेटा मेनुयलरुपमा गरेर हुँदैन भनेर टेरामक्स जडान गर्न लागेको हो ।’
ग्राहकको गोपनियतामा टेरामक्स प्रविधिले कुनै आँच नआउने पनि प्रष्ट पारेका छन् । टेरामक्सले अवैध कल बाइपास, टेलिकम अपरेटरहरुको कलको मात्रा मापन तथा ठगी वा भीओआइपी गेटवेज पहिल्याउने उनले दाबी गरे । दुरसंचार सेवामा आपराधिक क्रियाकलापको निरीक्षण, न्युनीकरण गरेर दूरसंचार सेवालाई विश्वासिलो र गुणस्तरीयता मापन गर्ने उनले जानकारी पनि दिए । टेरामोक्स संचालनका लागि कार्यविधि बन्न बाँकी रहेको जनाउँदै कार्यविधि बनाउने निर्णय भएपनि अपरेटरसँग छलफल हुन बाँकी रहेको पत्रकारसामु अध्यक्ष खनालले स्पष्ट पारे ।
यसैगरी,प्राधिकरणका प्रविधि विज्ञ मोहम्मद हर्वले फोन ट्यापिङ गर्ने कुनै पनि उद्देश्यले यो प्रणाली ल्याउन नलागेको जनाए । दूरसञ्चार क्षेत्रमा हुने आपराधिक क्रियाकलापको नियमन, निरीक्षण गर्न तथा सेवा प्रदायकबाट हुने सेवाको मापन गर्न टेरामस्क प्रविधि ल्याइएको हर्बको दाबी थियो । हर्वले भने,‘ टेरामस्कले व्यक्तिगत कल ट्यापिङ गर्दैन् । यसले कुन सेवा प्रदायकले कति फोन कल देशभर या विदेशमा सुविधा दियो ? यसको लेखा राख्ने गर्छ । यस्तै, यसले कल वाइपासको समस्यालाई नियन्त्रण गर्न पनि सहयोग गर्छ ।’ टेरामस्कले कुन कम्पनीले कति सेवा प्रवाह गर्यो ? त्यसको हिसाबकिताब राख्ने हर्वको भनाई छ ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












