वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति ज्ञानेन्द्र गिरी फेरि सल्बलाउन थाले
भ्रष्टाचार मुद्दा विशेष अदालतमा पेशी चढ्नेवित्तिकै सफाइ पाए भन्दै अर्को भ्रम छर्दै
काठमाडौं । वीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा. ज्ञानेन्द्र गिरी फेरि सल्बलाउन थालेका छन् ।
नपाएको ओहोदा पाए भनी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपिरहेका डा. गिरी वीपी प्रतिष्ठानमा फेरि सल्बलाउन थालेका हुन् ।
नपाएको उपाधि प्राध्यापक लेखेर भ्रष्टाचारमा मुछिएका डा. गिरी मुद्दा जितिसके भन्दै वीपी प्रतिष्ठानमा सल्बलाउन थालेका छन् । विभिन्न छानबिन समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक्सनपछि उनले प्राध्यापक लेख्न छाडेका थिए । प्राध्यापकको उपाधिको वैधानिकता पुष्टि गर्न नसकेपछि डा. गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो माघमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त मुद्दाको बुधबार (आज) पेशी रहेको छ । डा. गिरी भने एकहप्ता अगाडि देखि नै ‘मैलें मुद्दा जितिसके’ भन्दै वीपी प्रतिष्ठानमा चलखेल गर्न थालेको खुल्न आएको छ ।
डा. गिरीविरुद्धको भ्रष्टाचार मुद्दा विशेष पेशी चढ्नेवित्तिकै भ्रष्टाचार मुद्दा जितिसके भनेर उनी घोषणा गर्दै हिँड्नुले आशंका जन्माएको छ । डा. गिरीविरुद्ध अख्तियारले विशेष अदालतमा पेश गरेको प्रमाण नपाएको ओहदा पाए भनेर लेख्दै आएको अकाट्य देखिन्छ । यस्तो अवस्थामा विशेष अदालतले के फैसला गर्छ हेर्न बाँकी छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












