सार्वजनिक लेखा समिति सदस्यहरुले भने-‘टेरामक्स’ सम्बन्धमा विज्ञ राखेर थप छलफल गरौं
'टेरामक्स' सम्बन्धी कागजात सात दिनभित्र बुझाउन समितिको निर्देशन
काठमाडौं । दूरसञ्चारको क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न सघाउ पुर्याउने भनिएको ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि सम्बन्धमा सांसदहरु नै अनविज्ञ हुँदा लागु गर्न समस्या हुने देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा सहभागी सांसदहरुले टेरामक्सको सम्बन्धमा थप अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।
लेखा समिति सदस्य सांसद मनिष झाले दूरसञ्चार कम्पनीहरुलाई टेरामक्सले अनुशासनमा राख्न मद्धत पुर्याउने भनिए पनि यस प्रविधिले कसरी काम गर्छ भन्ने अझै बुझ्न बाँकी रहेको जनाए । सांसद सराज अहम्मद फारुकीले टेलिकममा ग्राहक संख्या बढ्दै जानु तर आम्दानी कम हुनाको कारण के हो ? भन्ने प्रश्न गरे । टेरामक्स प्रविधि सम्बन्धमा थप छलफल गर्नुपर्ने उनको जोड छ ।
सांसद रामकृष्ण यादवले टेलिकम कामप्रति सक्रिय नहुँदा आम उपभोक्ता संतुष्ट नरहेको जनाए । उनले पनि टेरामक्स प्रविधि सम्बन्धमा अर्को बैठक बसेर पुनः छलफल गरेर निर्णयमा पुग्नुपर्नेमा जोड दिए । सांसद तारा मगरले टेरामक्स सम्बन्धमा टेलिकम र एनसेलले विरोध गर्नाको कारण खोजिनु पर्नेमा जोड दिए । उनले यो प्रविधि सम्बन्धमा विशेष समिति बनाएर छलफल गर्नुपर्ने जनाए । उनले टेरामक्स लागु गरेपछि राजस्वमा वृद्धि हुन्छ भने ल्याउनु पर्ने भनाइ राखे । सांसद यादवले कल ट्याप र रेकर्ड सम्बन्धमा प्रष्ट पार्नुपर्ने जनाए ।
सांसद प्रदिप यादवले एउटा उपसमिति बनाएर विज्ञ राखेर छलफल गरिनुपर्ने माग राखे । उनले कानुन नै नबनि लागु गर्न लागिएको यस प्रविधि सम्बन्धमा लेखा समितिको ध्यानाकर्षण गराए । सांसद संजयकुमार गौतमले यस प्रविधिसँग जोडिएका कागजपत्र समितिलाई बुझाउनुपर्ने भनाइ राखे । सांसद राजेन्द्रकुमार केसीले टेरामक्स प्रविधि ल्याउन अलि हताए गरिएको जनाए ।
सांसद गोकुल बास्कोटाले टेरामक्स सम्बन्धमा टेलिकमका पदाधिकारी, इन्जिनियर र अपरेटर राखेर व्यापक छलफल गर्नुपर्ने जनाए । यस प्रविधि लागु गर्न हतार नगर्न नहुने उनले सुझाए । सांसद जनार्दन शर्माले यस प्रविधि सम्बन्धमा कसैलाई पनि ज्ञान नभएकाले बुझ्न आवश्यक भएको जनाए । उनले विज्ञ, मन्त्रीलगायत बसेर यस प्रविधिको निचोडमा पुग्नुपर्ने जनाए ।
‘टेरामक्स’ सम्बन्धी कागजात सात दिनभित्र बुझाउन समितिको निर्देशन
सार्वजनिक लेखा समितिले टेरामक्स परियोजनासम्बन्धी सम्पूर्ण कागजात झिकाउन निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई सात दिनभित्र टेरामक्स परियोजनासम्बन्धी सबै कागजात बुझाउन निर्देशन दिएको हो ।
‘टेरामक्स’ प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले यो प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्मका कागज बुझाउन समितिले निर्देशन दिएको हो । समिति सभापति ऋषिकेश पोखरेलले ‘टेरामक्स’सम्बन्धी निर्णयको गतिविधि सात दिनभित्र बुझाउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन् ।
समितिको बैठकमा के के भए निर्णय ?
समिति बैठकले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकबाट राज्यलाई बुझाउन बाँकी कुनै पनि राजस्व तीन महिनाभित्र असुल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्राधिकरण र सम्बन्धित निकायलाई निर्देशन गरेको छ । निर्धारित समयभित्र राजस्व नबुझाउने सेवा प्रदायकलाई कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी समितिलाई गराउन पनि समितिले निर्देशन दिएको छ ।
ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गत कार्यान्वयनमा रहेका परियोजनाका कार्यप्रगति सुस्त रहेको निष्कर्ष समितिले निकालेको छ । सूचना महामार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यले गति नलिएकाले उक्त कार्य शीघ्र अगाडि बढाउन समितिको बैठकले दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
त्यस्तै प्रतिस्पर्धाका कारण विश्व बजारको दूरसञ्चार सेवा मूल्य घट्ने क्रममा रहेको र नेपालका सम्बन्धमा मूल्य न्यूनीकरणका उपाय नखोजिएको पनि समितिले उल्लेख गरेको छ । यसर्थ न्यूनतम मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ यथोचित पहल गर्न र गराउन पनि समितिले प्राधिकरणलाई निर्देशन दिएको छ ।
निजी दूरसञ्चार सेवा प्रदायकहरूलाई सेवा सञ्चालनका लागि दिइएको लाइसेन्समध्ये स्मार्ट टेलिकमको लाइसेन्स बिक्री कार्य गैरकानुनी तरिकाले अगाडि बढेको विषय उठेको समितिको ठहर छ । कम्पनीले तिर्नुपर्ने दायित्व भुक्तानी नभइसकेकाले यो प्रक्रिया अगाडि नबढाउन पनि समितिले निर्देशन दिएको छ ।
हाललाई यस कम्पनीको लाइसेन्स बिक्रीसम्बन्धी प्रक्रिया स्थगित गर्न समितिले आग्रह गरेको तछ । यस्तै लाइसेन्स विक्रीसम्बन्धी कागजात समितिलाई उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ ।
Comments
अरु समाचार
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...












