उपप्रधानमन्त्री खड्काले भने- राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ, राजनीतिशास्त्र अध्ययन सङ्घ र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा संयुक्तरुपमा आज आयोजित ‘नेपालमा इन्टरनेट र मित्थ्या सूचना : लोकतन्त्र र प्रेस स्वन्तत्रामा चुनौती’ विषयक कार्यक्रममा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा प्रवद्र्धन गर्न संवैधानिक र कानुनी प्रबन्ध गरिएको बताए ।
“नेपालको संविधानको प्रस्तावनामा पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख हुनु र मौलिक हकअन्तर्गत सञ्चार र सूचनाको हकलाई प्राथमिकता साथ व्यवस्था गरिनुले राज्यले प्रेस स्वतन्त्रतालाई उच्च महत्व दिएको छ भन्ने स्पष्ट हुन्छ, यी हक अधिकारको सही, सन्तुलित, निष्पक्ष र जिम्मेवारीपूर्ण प्रयोगमा हामी सबै प्रतिबद्ध हुनुपर्छ”, उपप्रधानमन्त्री खड्काले भने ।
संविधानमा उल्लिखित पूर्ण प्रेस स्वतन्त्रताको अवधारणालाई प्रभावकारी तवरमा व्यवहारमा उतार्न आवश्यक कानुनी र राजनीतिक वातावरण निर्माणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे । पत्रकारिताका मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएर भइरहेका सूचना प्रवाहले उपभोक्तालाई समेत सही सूचना पाउन वञ्चित गरेको यथार्थ नकार्न नमिल्ने जनाउँदै उनले सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै इन्टरनेट प्लेटफर्मलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जीवन उपयोगी बनाउन निरन्तर प्रयास गरिरहेको बताए ।
“संविधानले निर्दिष्ट गरेको नागरिकका अधिकार सही रूपमा सदुपयोग होस् भन्नेमा सरकार सदैव सचेत र सजग छ, यसका लागि सरकारले नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला संस्थासँग समन्वय र परामर्श गरेर आवश्यकताअनुसार नीति र कानुन निर्माण तथा परिमार्जन गर्ने विश्वास दिलाउन चाहन्छु”, उपप्रधानमन्त्री खड्काले भने ।
लोकतन्त्र रहेमात्र प्रेस स्वतन्त्रता रहने उल्लेख गर्दै उनले इन्टरनेटको विस्तारका लागि पनि हरेक देशमा लोकतान्त्रिक आवश्यक रहेको जनाए । “लोकतन्त्र नभएको मुलुकमा न प्रेस स्वतन्त्रता हुन्छ, न इन्टरनेटको विकासले गति लिन सक्छ । नेपाल इन्टरनेटले प्रदान गरेका अवसर उपभोग गर्नमात्र होइन, इन्टरनेटलाई जनजीवनसँग जोड्ने उदार मुलुकमा पर्दछ”, उनले भने, “वर्तमान सरकार यो नीतिबाट दायाँबायाँ हुँदैन । सरकार सूचना–प्रविधिलाई विकास, आर्थिक रूपान्तरण, जनताको जीवनस्तरमा सुधार, लोकतन्त्र र प्रेस स्वतन्त्रताको स्वच्छन्द र सिर्जनात्मक अभ्यासमा उपयोगी बनाउनेतिर आवश्यक नीति, कानुन, योजना बनाउँदै अघि बढ्छ ।”
राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष तपबहादुर मगरले इन्टरनेटको प्रयोगले दैनिकी सहज भए पनि सीमाविहीन प्रयोगले चुनौती थपेको बताए। उनले मिथ्या, गलत तथा भ्रमपूर्ण सूचनाले सामाजिक, धार्मिक द्वन्द्व निम्त्याएको उल्लेख गर्दै उहाँले सही र गलत सूचना छुट्याउन नसक्दा समाजमा ठूलो भ्रम पर्ने गरेको उल्लेख गरे ।
“मिथ्या सूचनाले नागरिकको सही सूचना पाउने अधिकारको उल्लङ्घन गरेको छ, भ्रमपूर्ण सूचना रोक्न सबैको ध्यान जानुपर्छ”, अध्यक्ष मगरले भने, “मिथ्या र भ्रामक सूचनाबाट सूचनाको प्रयोगकर्ता मात्र नभई सञ्चारमाध्यम पनि प्रभावित हुन पुगेका छन् ।”
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले पत्रकारले राजनीतिक तथा सामाजिक क्षेत्रमा आलोचनात्मक ढङ्गबाट कलम चलाउनुपर्नेमा जोड दिँदै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि जोगाउन सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताए । उनले विकृति–विसङ्गतिविरुद्ध पत्रकारले सशक्त आवाज उठाउनुपर्नेमा जोड दिए ।
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले सङ्कटका बेला मिथ्या सूचनाको प्रवाह बढ्ने गरेको उल्लेख गर्दै सही सूचना के हो भन्नेमा सबै जानकार हुनुपर्ने बताए । उनले नागरिक समाज, सञ्चारमाध्यम तथा सीमान्तकृत समुदायका नागरिकलाई मिथ्या सूचनाका सम्बन्धमा सचेत गराउन दूतावासले विभिन्न कार्यक्रम गर्दै आएको भनाइ राखे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












