दसैँले परिवार, समाज र राष्ट्रलाई भावनात्मक रूपमा एक बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडाै । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको बताएकी छन्।
बडादसैँका अवसरमा आइतबार शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले ‘विदेशमा पनि नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको छ’ भनेकी छन्।
उनले सन्देशमा वर्षा ऋतुको कृषि कर्म सकिएपछि सुरम्य शरद ऋतुमा किसानले थकान मेटेर आराम र मनोरञ्जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको विशिष्ट महत्त्व रहेको बताएकी छन्।
साथै, देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशिर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको सन्देशमा उल्लेख छ।
पूर्वराष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देश
नेपालीहरूको महान् चाड बडादसैँ, २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।हाम्रा चाडपर्वहरू हाम्रो सभ्यता, धर्म, संस्कृति र जीवनपद्धतिसँग अभिन्न रूपमा जोडिएका छन्। असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा मनाइने बडा दसैँ पर्वको आर्थिक र सामाजिक पक्ष समेत उत्तिकै महत्त्वपूर्ण रहेको छ। वर्षा ऋतुको कृषि कर्म सकिएपछि सुरम्य शरद ऋतुमा किसानले थकान मेटेर आराम र मनोरञ्जनसँगै सन्तुलित भोजन ग्रहण गर्ने पर्वका रूपमा दसैँको विशिष्ट महत्त्व छ।
देश र परदेशमा रहेका परिवारका सदस्यहरू भेला भएर मान्यजनबाट टीका र जमरासहित आशिर्वाद लिने पर्वका रूपमा दसैँले हाम्रो असल सांस्कृतिक परम्परालाई निरन्तरता दिएको छ। दुर्गा भगवतीको उपासना तथा मातृशक्तिको आराधना यस पर्वको अर्को विशिष्ट पक्ष हो, जसले हाम्रो प्रकृतिपूजक समुदायमा विद्यमान मातृशक्तिको प्रमुखतालाई अभिव्यक्त गर्दछ। दसैंले यसरी हाम्रो समाजका अधिकांश वैशिष्ट्यलाई समेटेको छ।
ग्रामीण कृषि समाज र शहरी औद्योगिक समाजमा दसैँजस्ता चाड पर्वले पार्ने मनोवैज्ञानिक प्रभाव अवश्य नै फरक रहेको छ। कृषिबाट क्रमशः अन्य पेसातिर सङ्क्रमण गरिरहेको समाज तथा यातायात र सञ्चारको विकास एवं जीविकोपार्जनका माध्यममा आएको परिवर्तनका कारण मीठो खान, राम्रो लगाउन र आफन्तसँग भेटघाट गर्न अब दसैँको प्रतीक्षा गरिरहनु पर्दैन।
तथापि देशविदेशमा छरिएका परिवारका सदस्य बीचको पुनर्मिलनका साथै मान्यजनबाट टीका ग्रहण गरी आशिर्वाद लिने जस्ता मौलिक परम्पराले गर्दा बडा दसैँले परिवार, समाज र राष्ट्रलाई नै भावनात्मक रूपमा एक बनाएको छ। विदेशमा पनि नेपाली संस्कृतिको वाहकका रूपमा यस पर्वले हामीलाई आपसमा जोडिरहेको छ। यसबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने मैले विश्वास लिएको छु।
अन्तमा, बडा दसैँ, २०८० ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।
२०८० कात्तिक ५ गते, आइतबार।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












