‘नयाँ शक्ति बनाउन असफल भयौँ, नयॉ ढंगले अघि बढ्न खोज्दैछौँ’
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले अग्रगामी विचारसहितको नयाँ शक्ति बनाउने काममा आफूहरू असफल भएको बताएका छन्।
उनले नयाँशक्तिको आवश्यकता महशुस गरेर प्रयत्न गरे पनि पुरानै शक्तिलाई साथमा लिएर जान खोज्दा धोका खाएको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेर भट्टराईले गल्ती कमजोरी सच्याएर पुनः अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका उल्लेख गरेका छन्।
‘हामीले २०७२ सालमा नयॉ अग्रगामी विचार सहितको ‘नयॉशक्ति’ को आवश्यकता भनेका हौं र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौं। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोशिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन’, उनले लेखेका छन्, ‘केही समय यता हामी आफ्ना गल्तीकमजोरी सच्याएर नयॉ ढंगले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भैरहेका छौँ।’
भट्टराईले यो बिचमा पुराना राजनीतिक शक्ति र नेतृत्वप्रति जनताको वितृष्णा र आक्रोश बढेर जानु स्वाभाविक रहेको बताएका छन्।
हेर्नुहोस उनको ट्वीट–
आइन्सटाइन भन्थे- ‘No problem can ever be solved at the same level of conscoiusness that created it.’
अर्थात् ‘ जुन चेतनाले कुनै समस्या सिर्जना गरेको हुन्छ त्यही चेतनामा उभिएर सो समस्या हल गर्न सकिन्न।’
त्यस्तै लेनिनलाई दरो वैचारिक टक्क दिने रोजा लग्जेम्बर्ग भन्थिन्- ‘No…
— Baburam Bhattarai (@brb1954) October 26, 2023
Comments
अरु समाचार
-
जम्बो टोलीसहित बेइजिङमा ट्रम्प, पाँच मुख्य मुद्दामा हुँदैछ वार्ता
बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा पुगेका छन्। उनको विमान बेइजिङको क्यापिटल इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको...
-
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ ।...
-
घरको छतसहित खसेर दुई जनाको ज्यान गयाे
बरहथवा (सर्लाही) । सर्लाहीको मलंगवामा घरको छतसहित खसेर दुईजनाको मृत्यु भएको छ । मलंगवामा नगरपालिका–१० स्थित रञ्जित यादवको चारतले पक्की...
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...












