उपरथी पाण्डेविरूद्ध उजुरी परेन, प्रधानसेनापति फर्किएलगत्तै रथीमा बढुवा गर्ने तयारी
काठमाडाैँ । भावी प्रधानसेनापतिसंग जोडिएको नेपाली सेनाको रथी बढुवा यही हप्ता नै अगाडी बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा चीन भ्रमणबाट बिहिवार स्वदेश फर्किएलगत्तै रथी बढुवा अघि बढाउने सैनिक मुख्यालयको तयारी रहेको स्रोतले बतायो ।
प्रधानसेनापति प्रभुराम शर्मा अध्यक्ष रहेको बढुवा समितिले सेनाको युद्धकार्य महानिर्देशनालयका महानिर्देशक ताराध्वज पाण्डेलाई रथी बढुवामा सिफारिस गर्ने निर्णय गरिसकेको छ । सेनाले असोज ३० गते नै उनको बढुवाको जानकारी दिंदै ७ दिने सूचना जारी गरेको थियो ।
पाण्डेविरुद्ध अहिलेसम्म कुनै पनि उजुरी परेको छैन । उनि सेनाको वरियतामा सबैभन्दा वरिष्ठतम् उपरथी हुन् । उनिभन्दा ९ महिनापछि उपरथीमा बढुवा भएका अशोक सिग्देल पनि रथी बढुवाको लाइनमा छन् । तर, हालका रथी सिताराम खड्काले पुस ३ गते अवकास पाएसंगै उनि सेनाको अर्को रथी पदमा बढुवा हुनेछन् । शर्माले पाण्डेको नै बढुवा सिफारिस गर्ने तयारी गरेको बताइन्छ ।
पाण्डे सेनाको सम्भारथी, सैनिक गूप्तचर विभागको प्रमुख हुंदै अहिले सबैभन्दा शक्तिशाली मानिने अपरेशन विभागको प्रमुखका रुपमा कार्यरत छन् । उनि मध्यपृतना हेटौडाको पृतनापति समेत थिए ।
सैनिक ऐनले रथी बढुवाको लागि सिफारिस गर्ने अधिकार प्रधानसेनापतिलाई दिएको छ । प्रधानसेनापतिले सिफारिस गरेपछि रक्षामन्त्रालय हुंदै मन्त्रिपरिषदले बढुवाको अन्तिम निर्णय गर्नेछ ।
पाण्डे रथीमा बढुवा हुने निश्चित भएसंगै फेरी उनको जन्ममितिको कृत्रिम लफडा सिर्जना गरिएको छ । जवकी तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा हुंदा नै हालका उपरथी सिग्देल र गोकुल भण्डारी उपरथी बढुवाका सिफारिस हुंदा उजुरी परेको थियो । त्यही उजुरीपछि हेटौडामा पृतनापति रहेका पाण्डेलाई पनि सैनिक मुख्यालयले बोलाएर उनिमाथि छानविन गरिएको थियो ।
सैनिक मुख्यालयले उनिहरु दुवै जनाको नागरिकता,शैक्षिक योग्यताको प्रमाणपत्र सबै छानविन गरेपछि मात्र सिग्देलको बढुवा प्रक्रिया अघि बढेको थियो भने पाण्डेले क्लिन चिट पाएका थिए । सैनिक स्रोतले दिएको जानकारीअनुसार त्यो बेला सैनिक मुख्यालयले परिक्षा नियन्त्रण कार्यालयलाई समेत पत्र पठाएर उनिहरुको विवरण पठाउन आग्रह गरेको थियो । पनिकामा कानुन समिति नै बसेर उनिहरुको बारेमा निर्णय भएको सैनिक स्रोत बताउंछ ।
पाण्डेको बढुवा हुंदा हालका प्रधानसेनापति शर्मा समेत बढुवा समितिमा भएकाले उनलाई यो बारेमा सम्पूर्ण जानकारी रहेको सेनाका अधिकारीहरु बताउंछन् । शर्माले त्यही भएर नै रथी सरोजप्रताप राणाले अवकास पाउनअघि नै विदा बसेलगत्तै वरियताको आधारमा पाण्डेको सिफारिस गरेका थिए ।
कतिपयले उनिभन्दा पछिका उपरथी सिग्देलको बढुवा हुन सक्ने अपेक्षा गरेका थिए । तर,प्रधानसेनापति शर्माले वरियतालाई नमिचेर पाण्डेको नै सिफारिस गरेपछि फेरी पाण्डेको जन्ममितिको विवाद ल्याइएको हो । सेनामा नियमले नै नमिल्ने रथी सरोजप्रताप राणाको तीन महिना म्याद थपेर पाण्डेलाई उपरथीबाट विदा दिनेमा समेत एउटा समुह सक्रिय थियो । तर, प्रधानसेनापति शर्माले उनको पदावधि थप गर्दा पाण्डेमाथि अन्याय हुने र सेनाको परम्परा समेत मिचिने भएकाले उनको म्याद थप नगरेको बतान्छ ।
सेनामा जन्ममितिको विवाद झिकेर पाण्डे र सिग्देललाई अवकासमा पठाउने र तेस्रो नम्बरमा रहेका उपरथी निर्मल थापालाई प्रधानसेनापतिको लाइनमा ल्याउन एउटा समुह सक्रिय छ । थापा अहिले फोर्स कमाण्डरका रुपमा सक्रिय छन् । थापालाई प्रधानसेनापति बनाउने लाइनको नेतृत्व अहिले नेतृत्व कार्की थर भएका अवकासप्राप्त उपरथीले गरिरहेका छन् । त्यसमा एक जना पूर्व रक्षामन्त्री समेत सक्रिय रहेको सैनिक स्रोतले बतायो ।
सैनिक मुख्यालयले रथी दर्जामा पदोन्नति प्रक्रियाबारे सम्प्रेषित सामग्री भ्रमपूर्ण रहेको जनाउँदै भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक रहेको भन्दै विज्ञप्ती समेत जारी गरिसकेको छ ।
सेनाले विज्ञप्तिमा भनेको छ, ‘स्वीकृत दरबन्दीमा रिक्त हुने पदमा प्रचलित ऐन, नियमावली लगायतका कानूनी प्रावधान एवं नेपाली सेनाको स्थापित अभ्यास अनुरूप नै पदोन्नतिको प्र्र्र्र्र्रक्रिया अघि बढेको र सम्बन्धित पदाधिकारीको योग्यता तथा उमेर सम्बन्धी कागजातहरू विगतमा नै सम्बद्ध शिक्षण संस्था लगायतका निकायहरूबाट यकिन भइसकेकोमा संस्थाको विधिसम्मत प्रक्रियालाई विवादित तुल्याउने आशयले भएको टीकाटिप्पणीमा सत्यता नरहेको व्यहोरा जानकारी गराइन्छ । पदोन्नतिका क्रममा कुनै गुनासो वा सुझाव भएमा सम्बन्धित विभागमा सप्रमाण प्रतिवेदन गर्न सकिने अवस्था हुँदाहुँदै परिचय लुकाएर सम्बद्ध पदाधिकारीको चरित्र हत्या गर्ने एवं संस्था र नेतृत्वलाई विवादमा तान्ने ढंगले सञ्चारमाध्यममार्फत भ्रम फैलाउने प्रयत्न हुनु खेदजनक छ । ’
हालका प्रधानसेनापति शर्मा भदौ २४ मा अवकासमा गएसंगै पाण्डे सेनाको प्रधानसेनापति बन्ने लाइनमा छन् । सेनामा प्रधानसेनापतिमा सिफारिस गर्दा समेत सैनिक ऐनले बहालवाला प्रधानसेनापतिलाई अधिकार दिएको छ । उपरथी पाण्डेको उपरथीको पदावधि मंसिर २३ सम्म बांकी छ । उनि यही साता रथीमा बढुवा भए प्रधानसेनापतिका स्वभाविक हकदार हुनेछन् ।
सेनाको अर्को रथी पद पुस ३ मा मात्र रिक्त हुनेछ । उक्त रिक्त पदमा उपरथी सिग्देल बढुवा हुनेछन् । सिग्देल सेनाको नीति विभागमा कार्यरत छन् । सिग्देल र पाण्डे दुवै एकै वेसिकका अधिकृत हुन् ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











