व्यास क्षेत्रलाई विश्वसामु चिनाउन आजदेखि ज्ञानमहायज्ञ
तनहुँ । विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । आयोजक समितिले हिजो बुधबार पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ गतेसम्म व्यासऋषिको तपोभूमिमा ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जनाएको हो । पूर्वीय सभ्यता, पूर्वीय वाङ्मय, १८ पुराण, १८ उपपुराण र चार वेददेखि विश्वजगत्लाई चेतनाको ज्योति फैलाउने व्यासऋषिको तपोभूमिमा भागवतको सिद्धता प्राप्ति र व्यास क्षेत्रलाई विश्वसामु चिनाउन महायज्ञ गर्न लागेको आयोजक समितिले जनाएको छ ।
हिन्दू मात्रै नभएर विभिन्न धर्मावलम्बीको सभ्य समाज, वैदिक सभ्यता र सनातन धर्मका लागि भावना प्रेरित गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । “अर्थ सङ्कलनका लागि यज्ञ नभएर धार्मिक जागरण ल्याउन महायज्ञको आयोजना गरेका हौँ, यो नमुना महायज्ञ बन्नेछ”, उहाँले भन्नुभयो, “उक्त महायज्ञमा करिब ५० जिल्लाबाट साधुसन्तको सहभागी हुने अपेक्षा गरिएको छ ।”
समाजमा हुने जातिगत द्वन्द्व, साम्प्रदायिक द्वन्द्वबाट समाजलाई निराकरण गरी सकारात्मकतर्फ र आध्यात्मिक सोचको विकास गराउन महायज्ञको महत्वपूर्ण भूमिका हुने वेद अनुयायी प्रतिष्ठान नेपालका केन्द्रीय समिति अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो । मातापिता र गुरुप्रति भक्ति, प्रकृतिप्रति प्रेम र समाजप्रतिको सकारात्मक सोचमा विकास गर्ने उद्देश्यअनुरुप विश्व ॐँ कार हिन्दू महासङ्घअन्तर्गत रहेर स्याङ्जा शाखाले श्रीमद्भागवतको आयोजना गरेको उहाँले बताउनुभयो ।
व्यासऋषिको तपोभूमि व्यासक्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित यही कात्तिक १ गतेदेखि ३० गतेसम्म महामिलन पर्व कार्यक्रम निरन्तर चलिरहेको छ । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सङ्कीर्तन एवं एक सय आठ दीप प्रज्ज्वलनलगायतका कार्य हुँदै आएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसारका लागि महामिलन पर्व प्रभावकारी बन्ने विश्वास गरिएको व्यास नगरपालिका संस्थापक प्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताउनुभयो ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












