व्यास क्षेत्रलाई विश्वसामु चिनाउन आजदेखि ज्ञानमहायज्ञ
तनहुँ । विश्व हिन्दू महासङ्घ नेपाल, जिल्ला शाखा स्याङ्जाको आयोजनामा व्यास–३ स्थित व्यासगुफामा आध्यात्मिक चेतनामूलक श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने भएको छ । आयोजक समितिले हिजो बुधबार पत्रकार सम्मेलन गरी यही कार्तिक १६ गतेदेखि २३ गतेसम्म व्यासऋषिको तपोभूमिमा ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जनाएको हो । पूर्वीय सभ्यता, पूर्वीय वाङ्मय, १८ पुराण, १८ उपपुराण र चार वेददेखि विश्वजगत्लाई चेतनाको ज्योति फैलाउने व्यासऋषिको तपोभूमिमा भागवतको सिद्धता प्राप्ति र व्यास क्षेत्रलाई विश्वसामु चिनाउन महायज्ञ गर्न लागेको आयोजक समितिले जनाएको छ ।
हिन्दू मात्रै नभएर विभिन्न धर्मावलम्बीको सभ्य समाज, वैदिक सभ्यता र सनातन धर्मका लागि भावना प्रेरित गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । “अर्थ सङ्कलनका लागि यज्ञ नभएर धार्मिक जागरण ल्याउन महायज्ञको आयोजना गरेका हौँ, यो नमुना महायज्ञ बन्नेछ”, उहाँले भन्नुभयो, “उक्त महायज्ञमा करिब ५० जिल्लाबाट साधुसन्तको सहभागी हुने अपेक्षा गरिएको छ ।”
समाजमा हुने जातिगत द्वन्द्व, साम्प्रदायिक द्वन्द्वबाट समाजलाई निराकरण गरी सकारात्मकतर्फ र आध्यात्मिक सोचको विकास गराउन महायज्ञको महत्वपूर्ण भूमिका हुने वेद अनुयायी प्रतिष्ठान नेपालका केन्द्रीय समिति अध्यक्ष कृष्णकान्त काफ्लेले जानकारी दिनुभयो । मातापिता र गुरुप्रति भक्ति, प्रकृतिप्रति प्रेम र समाजप्रतिको सकारात्मक सोचमा विकास गर्ने उद्देश्यअनुरुप विश्व ॐँ कार हिन्दू महासङ्घअन्तर्गत रहेर स्याङ्जा शाखाले श्रीमद्भागवतको आयोजना गरेको उहाँले बताउनुभयो ।
व्यासऋषिको तपोभूमि व्यासक्षेत्रको प्रचारप्रसार गर्दै धार्मिक पर्यटकीयस्थल बनाउने उद्देश्यसहित यही कात्तिक १ गतेदेखि ३० गतेसम्म महामिलन पर्व कार्यक्रम निरन्तर चलिरहेको छ । व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीको धार्मिकस्थल बनाउन एकमहिने अखण्ड हरिनाम सङ्कीर्तन एवं एक सय आठ दीप प्रज्ज्वलनलगायतका कार्य हुँदै आएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो ।
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्व बोकेको व्यासभूमि ओझेलमा पर्दै गएकाले प्रचारप्रसारका लागि महामिलन पर्व प्रभावकारी बन्ने विश्वास गरिएको व्यास नगरपालिका संस्थापक प्रमुख एवं प्रतिष्ठानका सल्लाहकार ताराप्रसाद श्रेष्ठले बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












