भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य केन्द्र र अस्पताल घाइतेले भरिए, थेग्न नसक्ने अवस्था
१८ कात्तिक, खलंगा । शुक्रबार राति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु घाइतेले भरिएका छन् ।
मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताइन् ।
उनका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ । नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उनको भनाइ छ । अहिलेसम्म जिल्ला अस्पतालमा १०० जना बिरामी आएकोमा ३१ जनाको मृत्यु भएको उनले बताइन् । बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीले बताइन् ।
ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन । मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । यसले गर्दा उद्धारमा समस्या भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताए ।
Comments
अरु समाचार
-
खसी विवादपछि कुटाकुट हुँदा एक जनाको मृत्यु !
काठमाडौं । बाँकेमा खसी किन्ने क्रममा विवादपछि दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान जिल्लाको नेपालगन्ज...
-
डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु
काठमाडाैं । नवदुर्गा गाउँपालिका–५ को चौडमा डडेलधुरामा जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब...
-
धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ
काठमाडाैं । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ स्थित ब्यारेल...
-
पुस्तक बिक्रीबाट सङ्कलित १२ करोड रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रलाई
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख...
-
बैतडीको पाटनमा जिप दुर्घटना : चालकसहित दुइको मृत्यु, ६ घाइते
काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
-
नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारबाट बाहिरिने
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार...
-
सवारी दुर्घटनामा टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु
काठमााडौं । बारा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।...
-
दुई मोटरसाइकल ठोक्किदा दुवै चालकको मृत्यु
काठमाडौं । बर्दियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका – २...
-
घरमाथि रुख ढल्दा बुहारीको मृत्यु, सासू घाइते
काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ मा एक घरमा रुख ढल्दा बुहारीको मृत्यु भएको छ भने उनकी सासू घाइते भएकी छन्।...












