खोलामा डुबेर भारतीय युवतीसहित दुईको मृत्यु
काठमाडौं । आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरु आज बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए ।
उनीहरुलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पु¥याइएको थियो । आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी १ः३० बजे तिनाउ गाउँपालिका(३ तिनाउ खोलामा खसी मृत्यु भएको हो । ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो ।
खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












