११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे
काठमाडौँ। सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।
कोरोना महामारीपछि समान्य बनिरहेको पर्यटन क्षेत्रमा पर्यटनको बढ्दो आगमनले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्ने अपेक्षा गरिएको छ ।” कोरोना महामारीअघि सन् २०२० मा एक हजार ९५६ र २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । डिसेम्बरमा पनि एक लाखको हाराहारीमा पर्यटन भित्रिने उहाँको दाबी छ । त्यस्तै विभिन्न सीमानाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत सुधार हुँदै आएकाले १० लाख पर्यटक भित्रिने उहाँको विश्वास छ ।
बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१, बेलायतबाट छ हजार १३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२, बङ्गलादेशबाट तीन हजार ७६१, जर्मनीबाट तीन हजार ५१२, श्रीलङ्काबाट तीन हजार २२८ र फ्रान्सबाट तीन हजार २०५ पर्यटक नेपाल भित्रिएका छन् ।
Comments
अरु समाचार
-
रुपन्देहीमा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते
बुटवल । रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते भएका छन् । धान बोकेको ट्याक्टरसँग बस ठोक्किएर...
-
निर्वाचन आउन ३० दिन बाँकी : छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार...
-
आजको मौसम : देशभर आंशिक बादल लाग्ने पूर्वानुमान
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
उच्च अदालत जनकपुरमा यसरी सदुपयोग गरियो लगातार तीन दिनको बिदा (फोटोफिचर)
जनकपुर । जनकपुर उच्च अदालतका न्यायाधीश तथा कर्मचारीको तीन दिन बिदाको सदुपयोग देशमै एक उहारणीय भएको छ । कायम मुकायम...
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...











