नेपाल र रसिया बीचको सहकार्य ‘विकास र समृद्धिको आधार’

नेपाल दुई ठूला उदयीमान विश्वशक्ति चीन र भारतका बीचमा रहेको भू-रणनीतिक हिसाबले अति संवेदनशील देश हो। भारत र चीन बीचको सामिप्यता र परस्पर सहकार्यले Asia Pacific region को मात्र हैन,विश्वको शान्ति,स्थायित्व र विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। अहिलेसम्म अमेरिकाले विश्वमा लोकतन्त्र,शान्ति र मानवअधिकारको नाममा द्वन्द्व सृजना गर्ने, हतियार बिक्री गर्ने र कमजोर राजनैतिक परिस्थितिमा द्वन्द्वग्रस्त देशको प्राकृतिक स्रोतसाधन आफ्नो अनुकूल दोहन गरी अस्थिरता कायम गर्ने कार्य गरेको छ। यो कुरा अफ्रिकी र अरब देशहरुले महसुस गरिसकेका छन् जसको कारण यी क्षेत्रमा अमेरिकी उपस्थिति कमजोर बन्दै गएको छ साथै अमेरिकाको विरोधमा आवाज बढ्दै गएको छ।
पछिल्लो दुई दशकमा तीब्र गतिमा भौतिक,आर्थिक र प्राविधिक क्षेत्रमा विकास गरिरहेको चीन र पहिलेदेखि नै प्राकृतिक स्रोतसाधनले सम्पन्न,प्रविधि र सैन्यरूपमा सशक्त रसियाले अफ्रिका,मध्यपूर्व र एसियामा बिस्तारै आफ्नो प्रभाव बढाउँदै लगेका छन् । यस परिस्थितिमा अमेरिकाले आफ्नो विश्व साम्राज्य वा एकाधिकारमा कमजोर हुँदै गएको महसुस गर्न थाल्यो । जसको कारण आफ्नो गुम्न लागेको ताजलाई बचाउन रसिया र चीनलाई कमजोर पार्न विश्वका विभिन्न क्षेत्रमा युद्धका हटप्वाईन् सृजना गरिरहेको छ तिनीहरुमा मुख्यतया १) युक्रेन २)नागोर्नो-काराबाख (Azerbaijan Armenia) ३) प्यालेस्टाइन ४) ताईवान् हुन् ।
सन् २०२२ मा अमेरिकाले युक्रेन द्वन्द्व सुरु गर्यो। सन् १९९१ मा सोभियत संघको पतनपछि कमजोर बनेको रुसलाई सन् १९९८ मा सोभियत संघको पतन दुर्भाग्य हो भन्ने दृष्टिकोण राख्ने पुटिनको उदयले कमजोर रुसको पुनर्निर्माण र विकासका लागि व्यापक सुधारका कार्यहरु गरिसकेको थियो। रुसी दार्शनिक अलेक्जेण्डर दुगीनको दृष्टिकोणलाई मान्ने हो भने उनको चौथो राजनीतिक सिद्धान्तमा आधारित देशभक्ति,न्याय,स्वतन्त्रता,सार्वभौमसत्ताको विकास र समृद्धीमा दर्शनमा आधारित रहेर रुस शसक्त बनिसकेको थियो। सन् २०१४ मा क्रिमियाको रसियामा समावेश हुने निर्णयदेखि नै अमेरिकाले रसियाविरुद्ध प्रत्यक्ष/अप्रत्यक्ष रूपमा छद्म युद्ध शुरु गरिसकेको थियो। जसलाई रुसले नजिकैबाट नियालिरहेको थियो। साथै अमेरिकाद्वारा हुनसक्ने हदैसम्मका हर्कतहरुबारे अध्ययन तथा जानकारी संकलन गरेको थियो। जसलाई रोक्न र द्वन्द्वको परिस्थिति निर्माण हुन नदिन रुसले धेरै किसिम प्रयासहरु गरेको देखिन्छ। तर अमेरिका र पश्चिमा प्रायोजित युक्रेनी सरकार त्यो गर्न चाहेन, जसको परिणामस्वरुप Europe र नाटो सहयोगमा युक्रेन संकट सिर्जना भयो। रसियन फेडेरेसनलाई कमजोर गर्ने रणनीतिबारे रसियन नेतृत्व (रसियन जनताको विश्वास र भरोषाको केन्द्र ,कुसल राजनेता तथा अब्बल रणनीतिक कौशल भएको) ले जानकार थियो जसको परिणाम Special Military Opration (SMO) सुरु गरियो र जसले पश्चिमा प्रायोजित रुस विरुद्धको छद्म युद्ध नकाम सावित भैसकेको छ। जसको कारण नाटो खुला रुपमा नै युक्रेनलाई रसीयासँग सम्झौता गर्न दवाव दिईरहेको छ।
अहिलेसम्म मध्यपूर्वका राष्ट्रहरुवीच विभिन्न द्वन्द्व र युद्द गराएर त्यस क्षेत्रको तेल र प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेको अमेरिकालाई सन् सन् २०२३ मार्चमा,चीनले इरान र साउदी अरेबियाबीच शान्ति सम्झौताको स्थापित गर्न मद्दत गरेको दिन देखिनै Middle East मा American शताब्दी समाप्त भएको मान्न सकिन्छ। त्यसको प्रतिक्रियाको रूपमा अहिले अमेरिकाले इजरायलद्वारा प्यालेस्टाइनमाथि आक्रमण गर्न लगाएर व्यापक नरसंहार गरिरहेको छ। युद्ध भएको ६५ दिनमा १८ हजार मानिसको हत्या भएको छ जसमा १२ हजार भन्दाबढी महिला र बालबालिका रहेका छन्। तर यस क्षेत्रमा अमेरिका र इजरायलको हार अवश्यम्भावी छ। किनकि यस युद्धले मध्यपूर्वका मुस्लिम देशलाई एक ठाउँमा ल्याउने र एकताबद्ध गर्ने काम गरेको छ। साथै यसले आम नरसंहारको पछाडि अमेरिका रहेको स्पष्ट पारेको छ र यसलाई मध्यपूर्वका मुस्लिम जनताले गम्भीर रुपमा लिएका छन् । उनिहरुमा अमेरिका विरोधी भावना सशक्त हुँदै गइरहेको छ।
साथै Asia Pacific region मा अमेरिकाले चीनलाई आक्रामक बनाउन ताइवानलाई हतियार बेचिरहेको छ। आफूले स्वीकार गरेको एक चीन नीतिको विपरित आफ्ना क्रियाकलापहरु संचालन गरिरहेको छ। चीनको शान्तिपूर्ण रुपमा ताइवान एकीकरणको चाहनामा अमेरिकाको अस्वभाविक गतिविधिले अवरोध सिर्जनागरिरहेको छ। जसको कारण यस क्षेत्रमा ठूलो द्वन्द्वको वातावरण तयार भईरहेको र त्यो गराउन अमेरिका उद्दत देखिन्छ। यसरी नै भारत र चीनको बीचमा सन् १९६२ मा भएको युद्ध जसमा भारतको लज्जास्पद हार भएको थियो। जसको कारण भारतलाई लघुताभाष महसुस भएको थियो। त्यसलाई नै हतियार बनाएर अमेरिकाले भारतमा चीन विरोधि भावना बढवा दिने र चीनका बिरुद्ध भड्काउने कार्य गरिरहेको छ । साथै रसिया र भारत करिव आधा शताब्दी देखिको समधुर सम्बन्ध,आर्थिक,प्राविधिक तथा सैन्य सामिप्यलाई रसियाको चीनसँग मित्रता इङ्गित गर्दै यस क्षेत्रमा चीन हैन,भारत महाशक्ति बन्न सक्छ । भारतको साथमा अमेरिका रहने भनी रसियाविरुद्ध भड्काउने कार्य अमेरिकाले गरिरहेको छ।
अमेरिकाले नेपाल सरकारलाई अस्वभाविक रुपमा भारत समेतको संलग्नतामा SPP,IPS मा नेपाल समावेस गराउन दबाब दिइरहेको छ। नेपालमा चीनको विरुद्ध ‘Free Tibet’ लगायत विभिन्न अवाञ्छनीय गतिविधिहरु सञ्चालन गरिरहेको छ। नेपालको हितमा रहेका केयौं परियोजनालाई अमेरिकाले भारतलाई भड्काउन एक र अर्काको राष्ट्रिय स्वार्थमा प्रभाव पार्ने गलत भाष्य तयार गर्न विभिन्न NGO,INO, नागरिक समाज,नवअधिकारवादी संघसंस्था र फन्डिङ मिडियाको प्रयोग गर्ने गरेको छ। जसको केही उदाहरण चिनिया BRI प्रोजेक्टको कार्यान्वयनमा देखिएको अवरोध, पोखरा तथा लुम्बिनी international airport सञ्चालनमा देखिएको अवरोध हुन्।
यसैबीच नेपालका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डद्वारा रसियन सरकारी न्युज एजेन्सी Tass लाई दिएको अन्तर्वार्तामा व्यक्त विचार नेपाल रसिया सम्वन्ध समधुर बनाउन धेरै महत्त्वपूर्ण छ। यदि यो ईमान्दार भएर बोलेको हो र कार्यान्वयन गर्ने हो भने नेपालको सार्वभौमसत्ताको रक्षा हाम्रो विकास र समृद्धि स्थापित गर्न यो राम्रो धारणा हो। किनभने हाम्रो भूमि अमेरिकाले हाम्रो छिमेकीका विरुद्ध गलतरुपमा प्रयोग गरिरहेको छ र गरिरहने सम्भावना देखिन्छ। रसिया हाम्रा दुवै छिमेकीसँग समधुर सम्बन्ध रहेको महाशक्ति देश हो। हाम्रो बीचमा रसियाको उपस्थितिले हाम्रो र हाम्रा छिमेकीको सम्बन्ध सुमधुर र विश्वशनीय बनाउन सहयोग गर्नेछ । दुईवटै छिमेकीले एक अर्काको सुरक्षा संवेदनशीलता र चासो रहेको क्षेत्रमा हाम्रो आफ्नो हितलाई ध्यानमा राखेर रसियाको मित्रतालाई स्वीकार गर्नु बुद्धिमत्तापूर्ण र बढि कुट्नैतिक हुनेछ।
यदि नेपालको सरकारमा रहेका दल सचेत हुने हो भने MCC परियोजना सम्झौता रद्ध गरि रसियासँगको सहकार्यमा विद्युत transmission लाइन बनाउनु उपयुक्त देखिन्छ । जसले देशमा विद्युत,औद्योगिक लगायतका अन्य क्षेत्रमा चिन,भारत लगायत अन्य राष्ट्रहरुको लगानीको उपयुक्त वातावरण तयार गर्न सहज हुन्छ। अहिले विश्वमा अमेरिकाको वर्चस्व कमजोर बनिरहेको र एक धुव्रीय विश्व बहुधुव्रीय भइसकेको सन्दर्भमा नेपालको यस्ता निर्णयले नेपालको विकास र समृद्धि हुनुको साथै विश्व शान्ति र स्थायित्वमा अहम् भूमिका खेल्ने राष्ट्र हुनेछ।
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












