आजदेखि पोखराबाट सिम्रिक एयरको हेलिकोप्टर सेवा सुरु हुँदै
पोखरा। सिम्रिक एयरले पोखराबाट आज बिहीबारदेखि हेलिकोप्टर सेवा सुरु गर्दैछ । सिम्रिक एयर प्रालिका पश्चिमाञ्चल प्रमुख कमल गौतमले नागरिकको आवश्यकता र मागलाई मध्यनजर गर्दै पोखरा विमानस्थलबाट हेलिकोप्टर सेवा सुरु गरिएको न्यूज नेपाललाई जानकारी दिएका छन् ।
यसअघि केही वर्ष पहिले पनि प्रालिले पोखराबाट हेलिकोप्टर सेवा पुर्याउँदै आएका थियो । तर कोरोना महामारी,जहाजको अभाव, पर्यटकको आगमनमा कमी, माउण्टेन फ्लाइटमा रोकलगायतका कारणले सेवा पुर्याउन सकेको थिएन ।
पोखराबाट चल्ने ६ सिटर हेलिकोप्टरबाट रेस्क्यू उडान, स्काइ डाइभिङ,माउण्टेन फ्लाइट अन्नपूर्ण बेस क्याम्प उडानलगायतका सेवा पुर्याइने जनाइएको छ । राम्रो गुणस्तरको डेल ४०७ नम्बरको हेलिकोप्टरमार्फत सेवा दिइने भएको हो । यस हेलिकोप्टरमा ठूलो झ्याल भएकाले मनोरम प्राकृतिक दृष्य एव विभिन्न हिमालको अवलोकन स्पष्ट रुपमा गर्न सकिने कम्पनीले जनाएको छ । अत्याधुनिक सुविधाहरुका साथ यो लक्जरिअस प्रकारको हेलिकोप्टर हो । पाँच सिटेको तुलनामा यस ६ सिटेलाई क्षमतावान हेलिकोप्टरका रुपमा लिइन्छ ।
Comments
अरु समाचार
-
एनआरएनए एसिया–प्रशान्त सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुँदै, आइतबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ चीनको ग्वाङझाउ शहरमा...
-
मौद्रिक नीतिलाई लगानी र निजी क्षेत्रमैत्री बनाउन चेम्बर अफ कमर्सको सुझाव
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव...
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...











