अख्तियार आयुक्त जयबहादुर चन्दको अपिलः कर्मचारी र जनप्रतीनीधीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जाहेर गर्नुहोस्
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार अन्त्य नभएसम्म देशले उन्नति गर्न नसक्ने बताएका छन् ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ सम्बन्धी जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त चन्दले सार्वजनिक पदमा बसेका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई जनताको सुख, शान्ति र समृद्धिमा समर्पित गर्न सल्लाह दिए ।
महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुख र विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख सहभागी रहेका सो कार्यक्रममा आयुक्त चन्दले भ्रष्टाचार गर्ने कसैको पनि भलो हुँदैन र भ्रष्टाचार गरे आफू र आफ्ना आउँदा सन्ततिले त्यसको परिणाम भोग्नुपर्ने निश्चित रहेको भन्दै आजैदेखि सबैले आ-आफ्नो तर्फबाट भ्रष्टाचार नगर्ने/नगराउने प्रतिबद्धता जाहेर गर्न अपिल गरे ।
आयोगको बर्दिबास कार्यालयले आयोजना गरेको सो कार्यक्रमलाई जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारीलाई कारबाहीका लागि मात्रै नभई जिम्मेवारी गराउने र मार्गदर्शनको कामसमेत गर्ने संस्था रहेको बताए ।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












