एमालेले अब मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले पार्टीले मुलुकको आर्थिक–सामाजिक समृद्धिको विशाल खाका तयार पार्ने बताएका छन् ।
पार्टीको मध्य पहाडी लोकमार्ग यात्राको क्रममा प्राप्त तथ्यहरूको आधारमा सो खाका तयारी पारी सरकारलाई दिने एमालेको योजना रहेको पनि उनले बताएका हुन् ।
सचिव भट्टराईले सो यात्राको क्रममा आफूहरुले मध्य पहाडी क्षेत्रको विकासको सम्भावनालाई थेसिसको रूपमा ग्रहण गरेको र त्यसलाई विश्लेषण गरेर पार्टीले आगामी नीति तथा कार्यक्रमको रूपमा अघि बढाउने योजना रहेको पनि बताए । सचिव भट्टराईले भने, ‘एमालेको तर्फबाट अब हामी मध्य पहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल प्रोजेक्ट, परियोजना हामी बनाउँछौँ । यो एउटा थेसिस बनायौँ हामीले । थेसिसका सबै डेटाहरू आए । अब यसलाई काठमाडौँमा बसेर संश्लेषण गर्छौँ, विश्लेषण गर्छौँ । र यसलाई एउटा डकुमेन्टेसन गर्छौँ । र, यो मध्य पहाडी क्षेत्रको विशाल सम्भावनाको प्रोजेक्ट हुन्छ । यो प्रोजेक्ट हामी सरकारलाई पनि दिन्छौँ ।’
सचिव भट्टराईले सो यात्राको क्रममा मुलुकको सामाजिक सम्बन्धलाई बलियो बनाउने काम गरेको दाबी समेत गरे ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












