कांग्रेसले आज काठमाडौंमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्दै
काठमाडौं। प्रदेशहरूको पहिलो सम्मेलनमा केन्द्रित रहेको कांग्रेसले आज शनिबार काठमाडौंमा बागमती प्रदेशको पहिलो सम्मेलन गर्दैछ । कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ। बागमती कांग्रेसका प्रवक्ता तिलकप्रसाद रुवालीका अनुसार सम्मेलन सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा हुनेछ ।
सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए । साथै, कांग्रेसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए ।
सम्मेलनमा छलफलका लागि राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रदेश कार्यसमिति बैठकबाट पारित भएको छ । सम्मेलमा इतर समूहका नेता डा. शेखर कोेइरालालाई दोस्रो वरीयता नदिएको भन्दै इतर समूहले भने विरोधको तयारी गरेको छ । कांग्रेसका ६ प्रदेशका सम्मेलन भने भइसकेका छन् ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












