‘मासिक तीनलाख तलब दिँदा पनि दुर्गममा जाँदैनन् डाक्टर’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले महिनाको तीन लाख तलब दिँदा पनि दुर्गममा सेवा गर्न जान इच्छा भएको डाक्टर नभेटिएको बताएका छन्। आइतबार कान्तिबाल अस्पतालको ६२ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले महिनाको ३ लाख दिँदा पनि दुर्गममा सेवा दिन जाने चिकित्सक नभेटिएको बताएका हुन्।
मन्त्री बस्नेतले भने, ‘महिनाको ३ लाखसम्म तलब दिँदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिँदैन सबैजना सुगम मात्रै ताक्नुहुन्छ म आएपछि मात्रै ८ सयको काज फिर्ता गरेको छु। ‘ यस्तै, मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने बताएका छन। ‘ चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर,नर्स नै नपाउने जोखिम बढेको छ त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छु’, मन्त्री बस्नेतले भने।
यस्तै, अहिलेको अवस्थामा स्वास्थ्य सेवातर्फ ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहे पनि हाल जम्मा २८ हजार जति मात्रै स्वास्थ्यकर्मी रहेकाले गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने नसकेको उनले प्रष्ट पारे। तत्काल स्वास्थ्य सेवातर्फको दरबन्दी खुलाउन आफूले पहल गरिरहेको समेत मन्त्री बस्नेतले बताए।
मन्त्री बस्नेतले भने, ‘अहिले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने मुख्य कारण स्वास्थ्यकर्मी नै कम हुनु हो स्वास्थ्य सेवातर्फ ५४ सालदेखि दरबन्दी नै खुलाइएको छैन बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नै कम छन् त्यसैले अब तत्काल स्वास्थ्यको दरबन्दी खुलाउनै पर्ने अवस्था छ म पहल गर्दै छु।’
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











