‘मासिक तीनलाख तलब दिँदा पनि दुर्गममा जाँदैनन् डाक्टर’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले महिनाको तीन लाख तलब दिँदा पनि दुर्गममा सेवा गर्न जान इच्छा भएको डाक्टर नभेटिएको बताएका छन्। आइतबार कान्तिबाल अस्पतालको ६२ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले महिनाको ३ लाख दिँदा पनि दुर्गममा सेवा दिन जाने चिकित्सक नभेटिएको बताएका हुन्।
मन्त्री बस्नेतले भने, ‘महिनाको ३ लाखसम्म तलब दिँदा पनि दुर्गमा सेवा दिन जान इच्छा भएको चिकित्सक तथा स्वास्थ्यकर्मी भेटिँदैन सबैजना सुगम मात्रै ताक्नुहुन्छ म आएपछि मात्रै ८ सयको काज फिर्ता गरेको छु। ‘ यस्तै, मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मी नपाइने अवस्था आउने बताएका छन। ‘ चिकित्सा शिक्षा ऐनको केही साँघुरो व्यवस्थाले गर्दा अबको ५ वर्षमा नेपालमा डाक्टर,नर्स नै नपाउने जोखिम बढेको छ त्यसैले अब जसरी पनि चिकित्सा शिक्षा ऐनको केही व्यवस्था संशोधन गर्नुपर्ने अवस्था आएको छु’, मन्त्री बस्नेतले भने।
यस्तै, अहिलेको अवस्थामा स्वास्थ्य सेवातर्फ ९२ हजार स्वास्थ्यकर्मी आवश्यक रहे पनि हाल जम्मा २८ हजार जति मात्रै स्वास्थ्यकर्मी रहेकाले गुणस्तरीय स्वास्थ्य सेवा जनताले पाउने नसकेको उनले प्रष्ट पारे। तत्काल स्वास्थ्य सेवातर्फको दरबन्दी खुलाउन आफूले पहल गरिरहेको समेत मन्त्री बस्नेतले बताए।
मन्त्री बस्नेतले भने, ‘अहिले बिरामीले गुणस्तरीय स्वास्थ्य सेवा नपाउने मुख्य कारण स्वास्थ्यकर्मी नै कम हुनु हो स्वास्थ्य सेवातर्फ ५४ सालदेखि दरबन्दी नै खुलाइएको छैन बिरामीको चापअनुसार स्वास्थ्यकर्मी नै कम छन् त्यसैले अब तत्काल स्वास्थ्यको दरबन्दी खुलाउनै पर्ने अवस्था छ म पहल गर्दै छु।’
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












