जाडोमा शरीर न्यानो राख्न कस्तो खानेकुरा खाने ?
काठमाडाैँ । जाडो बढ्दै गइरहेको छ । जाडाेयाममा शरीर न्यानो बनाउन न्यानाे लुगासँगै खानपानमा पनि विशेष ध्यान दिनुपर्छ ।
जाडो सिजनमा सामान्य केही खानेकुरामा ध्यान दिन सक्यो भने स्वास्थ्यका लागि राम्रो हुन सक्छ । त्यसैले यस्ता खानेकुरा नियमित खाने हो भने जाडोयाममा पनि शरीर न्यायो बनाइराख्न सकिन्छ ।
कालो मरिच
कालो मरिच पनि जाडोमा आवश्यक खानेकुरा हो । यसलाई सुप वा चियामा राखेर खानुपर्छ । यसको प्रयोगले रुघाखोकी निको हुन्छ ।
लसुन र मेथी
लसुन एण्टीबायोटिक भएकाले रुघाखोकी निको पार्ने औषधिकै रूपमा प्रयोग गरिन्छ । जाडोमा लसुनको अचार बनाएर खान सकिन्छ । यसलाई तरकारीमा पनि राख्ने गरिन्छ । यस्तै, मेथीको लड्डुले पनि स्वास्थ्यमा फाइदा गर्छ ।
कोदोको सुप
आधा लिटर पानीमा २ चम्चा कोदोको पिठोको सुप बनाएर बिहानको समयमा पिउनाले शरीरलाई न्यानो प्रदान गर्छ । कोदोमा पर्याप्त मात्रामा आइरन र भिटामिन पाइने हुनाले रक्तअल्पताबाट समेत बचाउँछ ।
मासु तथा सुप
मासुले शरीरलाई शक्ति प्रदान गर्ने मात्र होइन । यसमा भएका भिटामिनहरूले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ । शरीरको मांसेपशी बलियाे बनाउनुको साथै शरीरलाई ऊर्जा प्रदान गर्छ ।
दूध र अण्डा
दूधमा पाइने भिटामिन डी ले जाडोमा लाग्ने विभिन्न संक्रमणबाट बचाउँछ । भिटामिनले शरीरलाई न्यानो प्रदान गर्छ । रगतको कोषहरूको निर्माण गर्नुको साथै फ्लु भाइरसबाट बचाउँछ । यसको साथै यसमा पाइने म्याग्नेसियमले जाडोमा हुने एक्लोपना, तनाव र मानसिक समस्यालाई घटाउने काम गर्छ । अण्डाबाट आइरन पोटासियम सुष्म तत्वको परिपुर्ति हुने हुँदा शरीरले सधैँ न्यानो महसुस गर्छ । र सखरको दैनिक सेवन गरेमा कफलाई बाहिर निकाल्नुको साथै न्यानो पनि प्रदान गर्छ ।
हरियो सागसब्जीको दैनिक प्रयोग
मेथी, गाजर, पालुङ्गो, चम्सुर र बेथेको सागको प्रयोग पोषणको हिसाबले मात्र नभइ जाडोमा न्यानो प्रदान गर्ने खानाको रूपमा लिइन्छ ।
मह
मह चिसोका लागि उचित मानिन्छ । यसमा एन्टिमाइक्रोवायल तत्व हुने भएकोले कीटाणुको प्रवेशलाई नष्ट गर्छ । साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ । रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । महको दैनिक प्रयोगले रोगसित लड्ने क्षमता प्रदान गर्छ । चिसोबाट बढी प्रभावित हुने बालबालिका र वृद्ध–वृद्धाले दूधसित मिलाएर मह सेवन गर्दा फाइदाजनक हुन्छ ।
अदुवा
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै शरीरलाई हिट पनि प्रदान गर्छन् । जाडो सिजनमा शरीरमा पानीको मात्रा कम हुने गर्छ । जसले गर्दा कब्जियतको समस्याले समेत सताउन सक्छ । अदुवाको सेवनले पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
दालचिनी
दालचिनीले शरीरभित्रको चिसोलाई कम गर्छ र शरीरमा तापक्रम बढाउँछ । यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












