श्रीमतीले मरणासन्न हुने गरी कुटपिट गरेपछि पतिकोे स्वास्थ्य नाजुक, ज्यान मार्ने उद्योगमा उजुरी
उता सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा
काठमाडौं । झापाको मेचीनगर घर भई हाल रुद्रमती बस्दै आएका केशव घिमिरेले श्रीमती ममता राईविरुद्ध प्रहरीमा अंगभंग, ज्यान मार्ने उद्योग सम्बन्धमा उजुरी दिएका छन् । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राई र घिमिरेको काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ ।
अदालतमा गत पुस ५ गते साक्षीको बकपत्र भई पुस २६ गते मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । यसैक्रममा मुद्दाको साक्षी बकपत्र हुँदाको अवस्थामा मिलापत्रतर्फ अगाडि बढाउने कुराबारे साक्षीहरु र आफन्तबी छलफल भएको थियो ।
मुद्दामा मिलापत्र गर्ने प्रयोजनका लागि राईले आफू बसेको कोठाडेरामा बोलाई आफूमाथि निर्घात कुटपिट गरेको भन्दै घिमिरेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी वृत्त बानेश्वर, जिल्ला प्रहरी परिसर टेकुमा राई, शम्भु खत्रीसहित चारजनाविरुद्ध अंगभंग, ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी हालेका हुन् । तर प्रहरीले अहिलेसम्म उनको जाहेरी दर्ता गर्न मानेको छैन । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको घिमिरेले जानकारी दिए ।
घिमिरेले पत्नी राईले पुस २० गते जबर्जस्ती आफूलाई बोलाएर ज्यान मार्ने नियतले कुटपिट गरेको भन्दै यतिबेला आफू अस्पतालमा जीवन मरणको अवस्थामा रहेको उल्लेख गरेका छन् । उनले आफू शम्भु खत्रीको कोठामा प्रवेश गरेपछि एक्कासी विपक्षी प्रतिवादीहरुले झापा र जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा फिर्ता लिन डर, धाकधम्की दिई विभिन्न मान्छे बोलाएर कुटपिट गरेको जाहेरीपत्रमा उल्लेख गरेका छन् ।
कोठा थुनेर आफूमाथि फलामको धारिलो हतियार, फलामको रड तथा अन्य लाठीले हानेर टाउकोमा हानेको, देबे्र आँखालगायत शरीरका विभिन्न भागमा रडले घोची मरणासन्न अवस्थामा बेहोस पारी कुटपिट गरी अंगभंग, क्षतबिच्छेद पारी ज्यानै लिने उद्योग गरेको घिमिरेले जनाएका छन् । भाग्यवश विपक्षीको चंगुलबाट उम्केर प्रहरीको सुरक्षामा राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भई उपचार गराइरहेको र हाल स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गर्दै प्रतिवादीमाथि ज्यान मुद्दामा कारबाही गर्न माग गरेका छन् ।
घिमिरेले विपक्षीहरुले गरेको अपराधको बारेमा जाहेरी सूचना दिई कारवाही अगाडि बढाउन माग गर्दा प्रहरी वृत्त बानेश्वरले उजुरी जाहेरी दर्ता गर्न नमानेकाले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी दरखास्त दर्ता गर्न जाँदासमेत लिन नमानेको उल्लेख गरेका छन् । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम दर्ता नभएको हुँदा ऐजनको दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता गरी कारबाही अगाडि बढाउन निवेदन दिएका छन् ।
Comments
अरु समाचार
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
रविविरुद्धको सङ्गठित अपराध मुद्दा फिर्ता लिन अदालतको अनुमति
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन अनुमति दिएको छ...
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...











