श्रीमतीले मरणासन्न हुने गरी कुटपिट गरेपछि पतिकोे स्वास्थ्य नाजुक, ज्यान मार्ने उद्योगमा उजुरी
उता सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा
काठमाडौं । झापाको मेचीनगर घर भई हाल रुद्रमती बस्दै आएका केशव घिमिरेले श्रीमती ममता राईविरुद्ध प्रहरीमा अंगभंग, ज्यान मार्ने उद्योग सम्बन्धमा उजुरी दिएका छन् । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राई र घिमिरेको काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ ।
अदालतमा गत पुस ५ गते साक्षीको बकपत्र भई पुस २६ गते मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । यसैक्रममा मुद्दाको साक्षी बकपत्र हुँदाको अवस्थामा मिलापत्रतर्फ अगाडि बढाउने कुराबारे साक्षीहरु र आफन्तबी छलफल भएको थियो ।
मुद्दामा मिलापत्र गर्ने प्रयोजनका लागि राईले आफू बसेको कोठाडेरामा बोलाई आफूमाथि निर्घात कुटपिट गरेको भन्दै घिमिरेले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी वृत्त बानेश्वर, जिल्ला प्रहरी परिसर टेकुमा राई, शम्भु खत्रीसहित चारजनाविरुद्ध अंगभंग, ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी हालेका हुन् । तर प्रहरीले अहिलेसम्म उनको जाहेरी दर्ता गर्न मानेको छैन । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा मुद्दा दर्ता भएको घिमिरेले जानकारी दिए ।
घिमिरेले पत्नी राईले पुस २० गते जबर्जस्ती आफूलाई बोलाएर ज्यान मार्ने नियतले कुटपिट गरेको भन्दै यतिबेला आफू अस्पतालमा जीवन मरणको अवस्थामा रहेको उल्लेख गरेका छन् । उनले आफू शम्भु खत्रीको कोठामा प्रवेश गरेपछि एक्कासी विपक्षी प्रतिवादीहरुले झापा र जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा फिर्ता लिन डर, धाकधम्की दिई विभिन्न मान्छे बोलाएर कुटपिट गरेको जाहेरीपत्रमा उल्लेख गरेका छन् ।
कोठा थुनेर आफूमाथि फलामको धारिलो हतियार, फलामको रड तथा अन्य लाठीले हानेर टाउकोमा हानेको, देबे्र आँखालगायत शरीरका विभिन्न भागमा रडले घोची मरणासन्न अवस्थामा बेहोस पारी कुटपिट गरी अंगभंग, क्षतबिच्छेद पारी ज्यानै लिने उद्योग गरेको घिमिरेले जनाएका छन् । भाग्यवश विपक्षीको चंगुलबाट उम्केर प्रहरीको सुरक्षामा राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना भई उपचार गराइरहेको र हाल स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गर्दै प्रतिवादीमाथि ज्यान मुद्दामा कारबाही गर्न माग गरेका छन् ।
घिमिरेले विपक्षीहरुले गरेको अपराधको बारेमा जाहेरी सूचना दिई कारवाही अगाडि बढाउन माग गर्दा प्रहरी वृत्त बानेश्वरले उजुरी जाहेरी दर्ता गर्न नमानेकाले जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा जाहेरी दरखास्त दर्ता गर्न जाँदासमेत लिन नमानेको उल्लेख गरेका छन् । उनले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४ बमोजिम दर्ता नभएको हुँदा ऐजनको दफा ५ बमोजिम जाहेरी दरखास्त दर्ता गरी कारबाही अगाडि बढाउन निवेदन दिएका छन् ।
Comments
अरु समाचार
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
बडादसैँको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै
काठमाडौँ । बडादसैँको दोस्रो दिन सोमबार नवदुर्गामध्ये माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै छ । ब्रह्मचारिणीको अर्थ ‘ब्रह्ममा लीन भएकी वा...












