काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको ‘केयरभिगर एकेडेमिया’ सञ्चालन
काठमाडौं। युरोप,अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरभिगरको मागलाई मध्यनजर गर्दै काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधियुक्त एकेडेमी सञ्चालनमा आएको छ । एक दशक भन्दाबढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकहरुबाट अध्ययन-अध्यापन गराउने गरी काठमाडौंमा ‘केयरगिभर एकेडेमिया’सञ्चालनमा आएको हो। केयरगिभर एकेडेमियाले शनिबार एक समारोहबीच आफ्नो कक्षा सञ्चालनमा ल्याएको छ ।
कक्षा शुभारम्भअघि समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)का महासचिव नवराज दाहाल, केयरभिगर एकेडेमियाका व्यवस्थापक हिरा लामा, विशेष अतिथि नारायण निरौला, वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष पासाङ दोर्जे लामा (विशाल), आइल्स प्रशिक्षक ट्रेनजेम्स, चाँदनी म्यानेजमेन्ट सर्भिसका सञ्चालक श्याम गुरुङलगायतले संयुक्तरुपमा ‘केयरगिभर एकेडेमिया’ उद्घाटन गरे ।
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यवसायिक सीप तथा तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त केयरगिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अष्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायतका कोर्सहरु सञ्चालन गर्ने मुख्यप्रशिक्षक किरण लामाले बताए ।
मुुख्यप्रशिक्षक लामाले प्रशिक्षार्थीहरुलाई कार्यक्षेत्रमा बहन गर्नुपर्ने जिम्मेवारी र आइपर्ने चुनौतीबारे प्रशिक्षण दिए भने विरामीलाई बेडबाट ह्वील चयरमा कसरी राख्ने भन्नेबारे प्रयोगात्मक ‘डेमो’समेत देखाए । हिबु्रलगायत विभिन्न भाषा प्रशिक्षक कमला भण्डारीले प्रशिक्षार्थीहरुलाई आफुहरुले कार्यक्षेत्रमा भोगेका भोगाई र अनुभव तथा भाषाका कारण उत्पन्न समस्याबारे जानकारी दिईन् ।
लामो समय केयरगिभरको कार्यअनुभव लिएकी कमला राईले कार्यक्षेत्रमा हुने चुनौतिबारे प्रशिक्षार्थीसँग अनुभव साटिन् । अहिले युके, अष्ट्रेलिया, क्यानाडा, अमेरिका, न्युजिल्याण्ड, जर्मनी, डेनमार्क, जापानल,इजरायललगायत मुलुकमा नेपाली केयरगिभरको माग बढ्दो छ । त्यसतर्फ जाने नेपालीको आकर्षण समेत बढ्दै गएको छ । केयरगिभर एकेडेमियाले ती देशको आवश्यकता र स्किल मेन्टेन गर्ने गरी कोर्स निर्माण गरेर अध्यापन गराइरहेको छ । केयरगिभर एकेडेमियाले केयरगिभरबारेको आम बुझाइलाई चिर्ने प्रयत्न समेत गरेको छ ।
आमरुपमा केयर गिभरलाई नर्सिङसँग प्रत्यक्ष जोडेर हेर्ने गरिन्छ भने केयरगिभरको तालिम प्रदायक संस्थाहरुले अहिलेसम्म नर्समार्फत नै यससम्बन्धि तालिम तथा सीप प्रदान गरिरहेका छन् । तर, केयरगिभर एकेडेमियाले केयरगिभर र नर्सिङको आपसमा सम्बन्ध भएपनि यी दुबैलाई सँगै राखेर हेर्न नहुने दृष्टिकोण राखेर कार्यक्षेत्रमैत्री पाठ्यक्रम तयार पारेको छ । नर्सले चिकित्सकको सल्लाह बमोजिम विरामीको हेरचाह गर्दछन् भने केयरगिभरले त्यस बाहेकका सबै कामहरुको जिम्मेवारी बहन गर्नु पर्ने भएका कारण यसलाई नर्सिङसँगै राखेर हेर्न नहुने केयरगिभर एकेडेमियाको स्पष्ट धारणा छ ।
हिड्न नसक्ने विरामीलाई बेडबाट ह्वीलचियरमा राखेर दाँत माझ्नेदेखि नुहाई दिने, खाना खुवाइदिने काम मात्र नभई स्वास्थ्यका सम्बन्धमा पनि थुप्रै जिम्मेवारीहरु केयरगिभरमा निर्भर रहन्छ । केयरगिभरले आमा, बुबा, साथी सबैको भूमिका निर्वाह गर्नुपर्ने भएका कारण एउटा विरामीको सिंगो जीवन केयरगिभरको हातमा हुने मुख्य प्रशिक्षक लामा बताउँछन् । उनले भने, ‘कार्यक्षेत्रमा भैपरी आउने विभिन्न समस्याहरुबारे छलफल गर्दै हामी प्रयोगात्मक प्रशिक्षणलाई बढी जोड दिन्छौँ । जसले केयरगिभरको रुपमा काम गर्न जाने इच्छुक विद्यार्थीलाई मानसिक, शाररीक र मनोवैज्ञानिक रुपमा कन्फिडेन्ट गराउँछ । पहिलो कुरा केयरगिभर नै स्वस्थ तथा स्वच्छ हुन जरुरी रहेकाले हामी व्यवहारिक एवं प्रयोगात्मक प्रशिक्षणमा बढी मेहिनत गर्छौँ ।’
लामाका अनुसार विगतका प्रशिक्षणले निम्त्याएका अफ्ठयारो समेतलाई ध्यानमा राखेर सम्बन्धित देशको कोर्स तथा त्यहिं कार्यरत एवं अनुभवीहरुसँग परामर्श गरेर बनाइएको पाठ्यक्रम तथा प्रयोगात्मक सिकाइ पद्दती केयरगिभर एकेडेमियाको मुख्य विशेषता हो । अहिले युरोप, अमेरिकालगायत आकर्षक गतन्व्य मुलुकहरुले नेपाली केयरगिभर रुचाएका छन् भने सरकारले ती मुलुकहरुसँग धमाधम श्रम सझदारी अघि बढाएको छ । केयरगिभर एकेडेमिया नेल्स एकेडेमियाको सहायक कम्पनी रहेको व्यवस्थापक हिरा लामाले बताए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












